citizens life insurance long ad

नेशनल लाइफ इन्स्योरेन्सले जारी गर्यो अभिकर्ताका लागि ११ बुँदे सामाजिक सञ्जाल आचारसंहिता

prabhu mahalaxmi
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताका लागि सामाजिक सञ्जाल आचारसंहिता जारी गरेको छ। बीमा ऐनमै नभएका गतिविधि गर्न थालेपछि नेशनल लाइफले अभिकर्ताका लागि सामाजिक सञ्जाल आचारसंहित जारी गरेको हो।

कम्पनीमा आबद्ध अभिकर्ताले बीमा व्यवसाय प्रवर्द्धन गर्ने क्रममा कतिपय अभिकर्ताले सामाजिक सञ्जालमा कम्पनीको नाम, लोगो, प्रडक्ट आदि दुरुपयोग गरिरहेको र सञजालबाट जानकारी दिने सूचनाहरुमा पनि गलत व्याख्या गरिएको पाइएको नेशनल लाइफले जनाएको छ।

‘त्यस्ता गतिविधि प्रचलित कानुन, नेपाल बीमा प्राधिकरणबाट जारी बीमा ऐन, नियमावली, निर्देशिका तथा कम्पनीको नियम एवं प्रतिष्ठाको समेत बर्खिलाप रहेको हुँदा सामाजिक सञ्जालहरुमा निम्न कार्य गर्न पूर्ण रुपमा निषेध गरिएको छ’, कम्पनीले भनेको छ।

अब कम्पनीका प्रदेश कार्यालय, शाखा कार्यालयमातहतका सम्पूर्ण अभिकर्तालाई तपसिलमा उल्लेखित कार्य नगर्न र नगराउन कम्पनीले निर्देशन दिएको छ।

  • कम्पनीको आधिकारिक एकाउन्टलाई तोडमोड गरी प्रयोग गर्न पाइने छैन।
  • कम्पनीको नाम, लोगो प्रडक्टलाई आफूखुसी प्रयोग गर्न पाइने छैन।
  • कम्पनीले अभिकर्तालाई प्रदान नगरेका र प्रचलित ऐन नियमावलीमा व्यवस्था नभएका पदहरु (उदाहरण इन्स्योरेन्स एड्भाइजर, फाइनान्सल, कन्सल्ट्यान्ट वेल्थ एड्भाइजर) प्रयोग गर्न हुँदैन।
  • कम्पनीको बीमा योजनाको विस्तृत सर्तहरु खुलाउँदा आधिकारिक सर्तहरुमात्र खुलाउनुपर्नेछ। आफूखुसी व्याख्या गर्न पाइने छैन।
  • कम्पनीको बीमा योजनामा ब्याज प्राप्त हुने, एकल योजनालाई फिस्क्ड डिपोजिट बीमा योजना भनी आफूखुसी परिभाषित गर्न पाइने छैन।
  • मृत्यु दाबी, पूर्णावधि दाबी, समर्पण मूल्य, चुक्ता मूल्यजस्ता दाबी भुक्तानीका अंक खुलाउँदा सो गलत हुन सक्ने भएकोले त्यस्ता सूचना प्रदान गर्न पाइने छैन।
  • बीमितको मृत्यु दाबी भुक्तानी वा कुनै प्रकारको दाबी भुक्तानी गर्दा बीमित वा हकवालाको फोटो,
  • चेक हस्तान्तरणको फोटो वा नामसहित विवरण प्रकाशन गरी प्रचार–प्रसार गर्न पाइने छैन।
  • कम्पनीको बोनसदर सर्वाधिक रहेको वा यस्तै प्रकारका भाष्य प्रयोग गरी प्रकाशन गर्नु हुँदैन।
  • कम्पनीको नाममा आफैँले बीमाशुल्क वा अन्य कुनै भुक्तानी ग्रहण गर्नु हुँदैन।
  • ग्राहकको फोटो, नाम, ठेगाना आदि जस्ता गोपनीयताको हकअनुसार सहमति वेगर सामाजिक सञ्जालमा प्रकाशन गर्नु हुँदैन।
  • प्रचलित कानुन व्यवस्थाले अभिकर्तालाई तोकेको आचारसंहिताविपरीत कुनै पनि कार्य गर्न मनाही गरिएकोले यस्तो कार्य गरेमा नियमानुसार हुने कारबाहीको पूर्ण जिम्मेवारी स्वयं आफैँ हुनुपर्नेछ।
IME Lifesidebar
kumari