citizens life insurance long ad

एग्री केयर नेपालले सर्वसाधारणका लागि सेयर (आईपीओ) निष्कासन गर्ने तयारी

प्रबन्धकमा नेपाल लाइफ क्यापिटल नियुक्त

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । कृषि क्षेत्रमा सक्रिय एग्री केयर नेपाल लिमिटेडले सर्वसाधारणका लागि सेयर (आईपीओ) निष्कासन गर्ने तयारी अघि बढाएको छ।

पूँजी संरचना सुदृढीकरण तथा वित्तीय अध्ययनका लागि कम्पनीले नेपाल लाइफ क्यापिटल लिमिटेडलाई संस्थागत परामर्शदाताका रूपमा नियुक्त गरेको छ।

भरतपुर–४, चितवनस्थित एग्री केयरको कार्यालयमा आयोजित कार्यक्रममा एग्री केयरका अध्यक्ष रबिन अधिकारी र नेपाल लाइफ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरेले सम्झौता पत्रमा हस्ताक्षर गरे।

सम्झौता अनुसार नेपाल लाइफ क्यापिटलले कम्पनीलाई पब्लिकमा लैजान आवश्यक आइपीओ परामर्श, पूँजी पुनर्संरचना, वित्तीय तथा कानुनी अवस्थाको अध्ययन र नियामकीय प्रक्रियामा समन्वय गर्नेछ।

सन् २००४ मा स्थापना भएको एग्री केयर नेपालले जैविक विषादी, बाली संरक्षण, माटो सुधारक तथा उन्नत कृषि सामग्री उत्पादन गर्दै आएको छ। धितोपत्र बोर्डबाट अनुमति प्राप्त मर्चेन्ट बैंकिङ संस्था नेपाल लाइफ क्यापिटल नेपाल लाइफ इन्स्योरेन्सको सहायक कम्पनी हो।

IME Lifesidebar
kumari