citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank

अन्नपूर्ण केबलकारमा विभिन्न प्राविधिक पदहरूका लागि कर्मचारी माग

Nimb long ad
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । पोखराको सराङकोटमा सञ्चालित अन्नपूर्ण केबलकार लिमिटेडले विभिन्न प्राविधिक पदहरूका लागि कर्मचारी माग गरेको छ । कम्पनीले दक्ष, अनुभवी र ऊर्जावान् जनशक्तिको खोजी गर्दै मेकानिकल र इलेक्ट्रिकल ओभरसियर पदमा आवेदन आह्वान गरेको हो ।

सूचना अनुसार, कम्पनीले १ जना मेकानिकल ओभरसियर र २ जना इलेक्ट्रिकल ओभरसियर गरी कुल ३ जना कर्मचारी माग गरेको छ । यी पदहरूका लागि आवेदन दिन इच्छुक उम्मेदवारले मेकानिकल वा इलेक्ट्रिकल इन्जिनियरिङमा डिप्लोमा उत्तीर्ण गरेको हुनुपर्नेछ ।

साथै, सम्बन्धित क्षेत्रको सञ्चालन तथा मर्मत सम्भार कार्यमा कम्तीमा १ वर्षको अनुभव हुनुपर्ने प्रावधान राखिएको छ । केबलकार वा सोही प्रकृतिका उद्योगमा अनुभव भएका उम्मेदवारहरूलाई विशेष प्राथमिकता दिइने कम्पनीले जनाएको छ ।

छनोट भएका कर्मचारीहरूले आफ्नो अनुभव र दक्षताका आधारमा आकर्षक एवं आपसी समझदारीमा तय गरिने पारिश्रमिक प्राप्त गर्नेछन् ।

साथै, कम्पनीको नीतिअनुसार थप सुविधाहरू समेत उपलब्ध गराइनेछ । इच्छुक र योग्यता पुगेका उम्मेदवारहरूले यो सूचना प्रकाशित भएको १५ दिनभित्र आफ्नो अद्यावधिक व्यक्तिगत विवरण (सीभी) र आवश्यक कागजातहरू कम्पनीको इमेल ठेगाना

[email protected] मा पठाउनुपर्नेछ । प्राप्त आवेदनहरूमध्ये प्रारम्भिक छनोट (शर्टलिस्ट) मा परेका उम्मेदवारहरूलाई मात्र थप छनोट प्रक्रियाका लागि सम्पर्क गरिनेछ ।

IME Life
kumari