citizens life insurance long ad

एनआईसी एशिया बैंकका ग्राहकलाई असोज मसान्तभित्र राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गर्न अनुरोध

prabhu mahalaxmi
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन बमोजिम एन आई सी एशिया बैंकले आफ्ना खातावाला ग्राहकहरुलाई राष्ट्रिय परिचयपत्र (National ID Card) को विवरण भए/नभएको स्वघोषणा गरी अद्यावधिक गर्न आग्रह गरेको छ।

बैंकका अनुसार सम्बन्धित ग्राहकहरुले आगामी २०८३ असोज मसान्तसम्ममा उक्त विवरण अद्यावधिक गरिसक्नुपर्नेछ।

ग्राहकहरुले बैंकको शाखा कार्यालय धाइरहनु नपर्ने गरी आफ्नै घरबाटै मोबाइल बैंकिङ्ग एप (MoBank) वा बैंकको आधिकारिक वेबसाइटमा रहेको आईसर्भ (iServe) मार्फत सजिलै अद्यावधिक गर्न सक्ने व्यवस्था मिलाइएको छ।

MoBank एप प्रयोगकर्ताले एपमा लगइन गरी ‘Banking Services’ भित्र रहेको ‘Update NID’ मार्फत र अन्य ग्राहकले बैंकको वेबसाइट (https://iserve.nicasiabank.com/customer-services/nid-update) मा गई राष्ट्रिय परिचयपत्रको विवरण स्वघोषणा वा अद्यावधिक गर्न सक्नेछन्।

साथै, आफूलाई पायक पर्ने बैंकको कुनै पनि शाखा कार्यालयमा गएर पनि यो विवरण बुझाउन सकिने बैंकले जनाएको छ।

विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको हकमा भने विदेशमै रहेर अनलाइनमार्फत राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर बाहेकका आवश्यक कागजातका आधारमा नयाँ खाता खोल्न सकिने प्रावधान रहेको छ।

तर, यसरी खाता खोल्ने ग्राहक नेपाल फर्किएको ३५ दिनभित्र आफ्नो राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गरिसक्नुपर्ने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी जयन्द्र रावलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

IME Lifesidebar
kumari