stcnepal long ad
global ime bank long

बैंक तथा वित्तीय संस्थाहरूले जेठ महिनाका लागि निक्षेपमा दिने ब्याजदर ताेके

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले भाेली २०८३ जेठ महिनाका लागि कायम गरिएको ब्याजदरको सूचना प्रकाशित गरेका छन। बैशाख ३१ गतेसम्म १६ वटा वाणिज्य बैंकहरूले जेठ महिनामा निक्षेपमा दिने व्याजदर निर्धारण गरेका छन।

जसमध्ये ६ वटा बैंकहरूले जेठ महिनाका लागि व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने ९ वटा बैंकहरूले स्थिर राखेका छन्। एउटा व्याजदर बढाएको छ।

ब्याजदर घटाउने बैंकहरूमा एनआईसी एसिया बैंक,हिमालयन बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक,एनएमबि बैंक, सिटिजन्स बैंक र नेपाल बैंक लिमिटेड रहेका छन्।

जेठका लागि एनआईसी एसिया बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएर ४.५० प्रतिशत,हिमालयन बैंकले ४.२५ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ४ प्रतिशत, एनएमबि बैंकले ४.८० प्रतिशत, सिटिजन्स बैंकले ४.१० प्रतिशत र नेपाल बैंकले ४.२५ प्रतिशत ब्याजदर कायम गरेका छन्।

वैशाख महिनामा एनआईसी एसिया बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ४.७५ प्रतिशत,हिमालयन बैंकले ४.५० प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ४.१० प्रतिशत, एनएमबि बैंकले ४.९० प्रतिशत, सिटिजन्स बैंकले ४.१५ प्रतिशत र नेपाल बैंक लिमिटेडले ४.५० प्रतिशत ब्याजदर निर्धारण गरेका थिए।

यसैगरी ब्याजदर स्थिर राख्ने बैंकहरूमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एसबीआई बैंक, एभेष्ट बैंक, प्राइम कमर्सियल बैंक, ग्लोबल आइएमई बैंक, माछापुच्छ्र बैंक, प्रभु बैंक, कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंक रहेका छन्।

जेठ महिनाका लागि व्यक्तिगत मुद्दति निक्षेपमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४.५० प्रतिशत, एसबीआई बैंकले ४.२५ प्रतिशत, एभरेष्ट बैंकले ४.०५ प्रतिशत, प्राइम कमर्सियल बैंकले ४.१५ प्रतिशत, ग्लोबल आइएमई बैंकले ४.५० प्रतिशत, माछापुच्छ्रे बैंकले ४.५० प्रतिशत, प्रभु बैंकले ४.५५ प्रतिशत, कृषि विकास बैंकले ४.१५ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंक लि.ले ४.७५ प्रतिशत ब्याज दिने भएका छन्।

वैशाखमा यी बैंकले यति नै ब्याज दर दिएका थिए। ब्याजदर बढाउने एक मात्र बैंकमा सिद्धार्थ बैंक लि. रहेको छ। सिद्धार्थ बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर बढाएर जेठमा ४.०५ प्रतिशत कायम गरेको छ। याे बैंकले वैशाख महिनामा मुद्दती निक्षेपमा ४ प्रतिशत ब्याजदर दिएको थियो।

यता राष्ट्रियस्तरका अधिकांश विकास बैंकहरूले ब्याजदर घटाएका छन्। जेठ महिनाका लागि लुम्बिनी विकास बैंक , मुक्तिनाथ विकास बैंक , कामना सेवा विकास बैंक र सांग्रिला विकास बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन्।

जेठ महिनामा लुम्बिनी विकास बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ४.८५ प्रतिशत, मुक्तिनाथ विकास बैंकले ४.८१ प्रतिशत, कामना सेवा विकास बैंकले ४.८५ प्रतिशत र सांग्रिला विकास बैंकले ४.८१ प्रतिशत ब्याज दिने भएका छन्।

वैशाख महिनामा लुम्बिनी विकास बैंकले ५ प्रतिशत, मुक्तिनाथ विकास बैंकले ४.९५ प्रतिशत, कामना सेवा विकास बैंकले ५ प्रतिशत र सांग्रिला डेभलपमेन्ट बैंकले ४.९५ प्रतिशत ब्याज दिएका थिए। राष्ट्रियस्तरका विकास बैंकमध्ये गरिमा विकास बैंक र महालक्ष्मी विकास बैंकले वैशाख महिनाकै ब्याजदर क्रमशः ५.४३ प्रतिशत र ४.९५ प्रतिशतलाई जेठ महिनामा पनि निरन्तरता दिने भएका छन्।

IME Lifesidebar
kumari