citizens life insurance long ad
stcnepal long ad

मञ्जुश्री ‘कोअप्रेटिभ’ का अध्यक्ष घिमिरे पक्राउ

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ। सहकारी ठगीको आरोपमा मञ्जुश्री सेभिङ एण्ड क्रेडिट कोअप्रेटिभ लिमिटेडका अध्यक्ष नारायणप्रसाद घिमिरेलाई पक्राउ गरिएको छ ।

सहकारीले बचतकर्तालाई चार वर्षदेखि पैसा फिर्ता नगरेको भनी वाग्मती प्रदेश सरकारको सहकारी मन्त्रालयमा उजुरी परेपछि सोही पत्रका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले शुक्रबार घिमिरेलाई पक्राउ गरेको हो ।

वृत्तका प्रहरी नायब उपरीक्षक सन्तोष रोक्काले सहकारी ठगी अभियोगमा सोधपुछ गरी थप कारबाही प्रक्रिया अघि बढाउन निजलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

सहकारीले करिब एक सय ५० बचतकर्ताको रु १५ करोड बचत रकम फिर्ता गर्न बाँकी रहेको जनाइएको छ ।

IME Life
kumari