stcnepal long ad
ime life insurance
global ime bank long

राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि आवेदन आह्वान

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि आवेदन आह्वान गरेको छ। सिफारिस गर्न गठित समितिले आज एक सूचना जारी गर्दै योग्य उम्मेदवारहरूबाट दरखास्त आह्वान गरेको हो।

सहकारी ऐन, २०७४ को व्यवस्था बमोजिम सरकारलाई उपयुक्त उम्मेदवार सिफारिस गर्नका लागि यो प्रक्रिया अघि बढाइएको हो। सूचना अनुसार उम्मेदवारहरूले अर्थशास्त्र, वाणिज्य, व्यवस्थापन, लेखा, कानुन वा सहकारी विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ।

इच्छुक उम्मेदवारले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र (अर्थात् २०८३ जेठ ९ गतेसम्म) ललितपुरको पुल्चोकस्थित राष्ट्रिय सहकारी नियमन प्राधिकरणको कार्यालयमा दरखास्त बुझाउन सक्नेछन्।

prabhu mahalaxmi
kumari