stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र टाइम फर्मास्युटिकल्स लिमिटेड बिच शिलबन्दी बोलपत्र सम्बन्धी कार्य सञ्चालन गर्न सम्झौता

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नवलपरासी जिल्ला गैडाकोट न.पा वडा नं. ४, स्थित श्री टाइम फर्मास्युटिकल्स लिमिटेडले विद्यमान धितोपत्र दर्ता तथा निष्काशन सम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँड सम्बन्धि निर्देशिकाहरुमा भएको व्यवस्था बमोजिम नेपाल स्टक एक्सचेञ्जले धितोपत्र सम्बन्धि प्रचलित कानूनको अधिनमा रही संगठित संस्थाले जारि गर्न लागेको प्रति शेयर अंकित मूल्य रु. १००/– दरको ४,३४,६०० कित्ता साधारण शेयर बुक बिल्डिङ्ग बिधि मार्फत योग्य संस्थागत लगानीकर्ताहरुको लागि नेपाल धितोपत्र बोर्डको मिति २०७८/०१/०५ (प.सं. नि.व्य.वि/सं.वि.शा./२०७७/७८) को पत्र तथा बुक बिल्डिङ्ग निर्देशिका, २०७७ को दफा ५(२) को अधिनमा रहि दफा १८ समेतलाई मध्यनजर गदै बुक विल्डिङ्ग निर्देशिका अनुसार शिलबन्दि बोलपत्र दर्ता गर्ने, बोलपत्र खोल्ने र सो को निर्णय गर्ने कार्य गर्नको लागि नेप्सेले सहजिकरण गर्ने लगायतका अन्य शर्तहरु पालना गर्ने गरि नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र टाइम फर्मास्युटिकल्स लिमिटेड बिच शिलबन्दी बोलपत्र सम्बन्धी कार्य सञ्चालन सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौता कार्यक्रममा नेपाल स्टक एक्सचेञ्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चुडामणी चापागाई र टाइम फर्मास्युटिकल्स लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक सुदर्शन लाल श्रेष्ठले हस्ताक्षर गर्नु भएको छ ।

साथै कम्पनीको तर्फबाट कम्पनी सचिव अधिवक्ता सुदिप घिमिरे र शेयर बिक्रि प्रबन्धक नबिल इन्भेष्टमेन्टको तर्फबाट मनोहर कडेलको उपस्थिति रहेको थियो ।

टाइम फर्मास्युटिकल्स लिमिटेडले रु. १०,८६,५०,००० (अक्षरेपी दश करोड छयासी लाख पचास हजार मात्र) रकम बराबरको १०,८६,५०० कित्ता साधारण शेयर बुक बिल्डिङ्ग बिधि मार्फत शेयर निष्काशन गर्ने तयारी गरेको छ ।

उक्त शेयर मध्ये ४० प्रतिशत शेयर योग्य संस्थागत लगानीकर्ताहरुका लागि र बाँकी ६० प्रतिशत शेयर सर्वसाधारण को लागि सार्वजनिक निष्काशन द्घारा बिक्रि गरिने कम्पनीले जनाएको छ । उक्त शेयर  जारी  पश्चात् कम्पनीको  चुक्ता पूँजी रु. ५३,००,००,०००।०० (अक्षरेपी त्रिपन्न करोड मात्र) हुनेछ ।

टाइम फर्मास्युटिकल्स लिमिटेड कम्पनी विगत ३० बर्ष देखि नवलपरासी जिल्लाको गैंडाकोट न.पा वडा नं ०४ मा केन्द्रिय कार्यलय तथा गैंडाकोट न.पा वडा नं १० मा उत्पादन प्लान्ट (उद्योग) साथै ललितपुर सातदोवाटोमा मार्केटिङ्ग कार्यालय स्थापना गरी करिब ३०० जना कर्मचारीहरु लाई प्रत्यक्ष रोजगारी दिई करिब २०० भन्दा बढि गुणस्तरीय औंषधीहरु उत्पादन गरीरहेको ध्ज्इ(न्ःए प्रमाणित कम्पनी हो ।

prabhu mahalaxmi
kumari