stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । आजको बैठकमा पार्टीको १५औँ महाधिवेशन बोलाउनेलगायतका विषयमा छलफल हुने बुझिएको छ ।

कांग्रेसले आगामी भदौ २४ गते संस्थापक बीपी कोइरालाको जन्मजयन्ती पारेर महाधिवेशन उद्घाटन गर्ने तयारी गरेको छ ।

यसअघि गत शुक्रबार र आइतबार पनि केन्द्रीय समिति बैठक बसेको थियो । उक्त बैठकले फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा भएको पराजयको समीक्षाका साथै पार्टी सभापति गगन कुमार थापाले दिएको राजीनामा अस्वीकार गर्ने निर्णय गरेको थियो ।

पार्टी केन्द्रीय समितिले सर्वसम्मत रुपमा सभापति थापाको राजीनामा अस्वीकृत गरेपछि उनी आजको बैठकमा उपस्थित हुने नेताहरुले बताएका छन् । शुक्रबार र आइतबार उपसभापति विश्वप्रकाश शर्माले बैठक चलाएका थिए ।

prabhu mahalaxmi
kumari