citizens life insurance long ad
stcnepal long ad

पत्रकारलाई निर्वाचनमा सहज रूपमा समाचार सङ्कलनको व्यवस्था गर्न महासङ्घको माग

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले पत्रकारलाई मतगणनाको समाचार सङ्कलन रूपमा गर्ने व्यवस्थाका लागि निर्वाचन आयोग र नेपाल सरकारसँग माग गरेको छ ।

महासङ्घले बुधबार विज्ञप्ति जारी गरी प्रतिनिधिसभा सदस्य निर्वाचनको समाचार सङ्कलनमा प्रशासनिक झन्झट व्यहोर्नुपरेको भनी देशभरबाट पत्रकार तथा सञ्चारगृहले गुनासो गरेको उल्लेख गर्दै सूचना विभाग तथा अन्य सरकारी निकायबाट जारी प्रेस पास, सम्बद्ध सञ्चारगृह वा नेपाल पत्रकार महासङ्घको परिचयपत्रका आधारमा मतदान, मतगणनाको समाचार सङ्कलनको व्यवस्था गर्न माग गरेको हो ।

मतदानको अघिल्लो दिनसम्म पत्रकार र सञ्चारगृहले सहज रूपमा जनतासमक्ष सूचना पु¥याउने दायित्व पूरा गर्ने वातावरण नबनेकामा महासङ्घले दुःख व्यक्त गरेको छ ।

पारदर्शी, स्वच्छ, निष्पक्ष र स्वतन्त्र निर्वाचनका लागि नेपाली प्रेसजगत्को भूमिका रहिआएको सन्दर्भमा प्रेसलाई आफ्नो दायित्व निर्वाहमा सहजीकरण र समन्वय गर्नु सम्बद्ध निकायको कर्तव्य हुन आउने उल्लेख गर्दै महासङ्घले अन्यथा निर्वाचनप्रति नै आशङ्का सिर्जना हुन सक्नेतर्फ गम्भीर हुन महासङ्घ सम्बद्ध पक्षको ध्यानाकर्षणसमेत गराएको छ ।

महासङ्घका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “निर्वाचनका क्रममा सबैखाले सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै पत्रकारको सुरक्षामा विशेष ध्यान दिन महासङ्घ माग गर्दछ र पत्रकारहरूसमक्ष सुरक्षित रूपमा कार्यथलोमा खटिन र तटस्थता कायम राख्दै निर्वाचन आचारसंहिता र पत्रकार आचारसंहिताको परिपालना गर्न आहृवान गर्दछ ।

यसतर्फ प्रेरित गर्दै आफ्ना सदस्यहरूका समस्या समाधानमा क्रियाशील हुन महासङ्घका सबै प्रदेश समिति, शाखा समिति र संस्थागत सदस्य संस्थाहरूलाई अपिल गरिन्छ ।”

IME Life
kumari