stcnepal long ad
global ime bank long

पाल्पा सिमेन्ट इन्डस्ट्रिजको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । पाल्पा सिमेन्ट इन्डस्ट्रिजको आइपीओमा आवेदन दिने आज फागुन १५ गते अन्तिम रहेको छ। कम्पनीले फागुन १२ गतेदेखि दोस्रो चरणमा सर्वसाधारण आइपीओ बिक्री खुला गरेको थियो। यो आइपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका २ लाख ८१ हजार २५० कित्ता सामूहिक लगानी कोष र २ लाख ८१ हजार २५० कित्ता कम्पनीका कर्मचारीलाई बाँडफाँट गरी कम्पनीले बाँकी ४५ लाख कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ। यो आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट सी–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

त्यसैगरी सीडीएससीको मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन्। कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ।

IME Lifesidebar
kumari