citizens life insurance long ad

एनआईसी एशिया बैङ्कको सम्पत्ति लिलाम बिक्री पोर्टलमा उपलब्ध

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ। एनआईसी एशिया बैङ्क लिमिटेडको नाममा रहेका बैङ्किङ सम्पत्तिहरू, गैर बैङ्किङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्ति समेत को लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले एक अनलाइन पोर्टल सार्वजनिक गरिसकिएको छ।

बैङ्कले सञ्चालनमा ल्याएको यस अनलाइन पोर्टल मार्फत बैङ्कले लिलाम बिक्री गर्ने सम्पत्तिहरू सम्बन्धी सम्पूर्ण सूचनाहरूको बारेमा विस्तृत जानकारी समेटिएको बैङ्कले जनाएको छ।

यसको लागि ग्राहकहरूले लिलाम बिक्री सम्बन्धी प्रकाशन गरिएको सूचनामा रहेको क्युआर कोड स्क्यान गरी आउने पोर्टल https://auctionassistance.nicasiabank.com भित्र लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको कित्ता नं. तथा क्षेत्रफल सहितको विवरण, फोटो, नक्सा एवं उक्त सम्पत्तिको स्थान (लोकेसन) पहिचानका लागि गुगल म्याप सहितका विविध जानकारीहरू प्राप्त गर्न सकिने छ।

यसरी ग्राहकहरूले बैङ्कले लिलाम बिक्रीमा राखिएको सम्पत्तिको सम्बन्धमा खरिद गर्न चाहेको सम्पत्तिको बारेमा थप जानकारी लिन आवश्यक भएमा सोही सम्पत्ति विवरण रहेको ठाउँमा उपलब्ध म्यासेज बक्समा आफ्नो पूरा नाम, इमेल ठेगाना, मोबाइल नम्बर, सम्पर्क ठेगाना राखी म्यासेज समेत पठाउन सकिने व्यवस्था बैङ्कले गरेको छ।

बैङ्कले सञ्चालनमा ल्याएको उक्त अनलाइन पोर्टलमा नियमित रूपमा बैङ्किङ सम्पत्ति, गैर बैङ्किङ सम्पत्ति तथा बैङ्कमा धितो सुरक्षण रही लिलाम बिक्रीमा रहेको सम्पत्तिहरू र लिलाम बिक्री सम्बन्धी अन्य सूचनाहरू प्रकाशित गरिने हुँदा खरिद गर्न इच्छुक ग्राहक महानुभावहरूले अनलाइन पोर्टलको लिङ्क https://auctionassistance.nicasiabank.com बाटै बिक्री हुने सम्पत्तिहरूको विस्तृत विवरणहरू सहितको जानकारी लिई लाभ लिन सक्नुहुने बैङ्कले विश्वास लिएको छ।

IME Life
kumari