stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ भर्ने आज मंसिर २५ गते अन्तिम दिन

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । गत मंसिर २२ गतेदेखि रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले निष्कासन गरिरहेको प्रथम चरणको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आवेदन दिने आज मंसिर २५ गते अन्तिम दिन रहेको छ।

कम्पनीले कुल ११ लाख ५५ हजार ९६० कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएकोमा त्यसको १० प्रतिशतले हुन आउने १ लाख १५ हजार ५९६ कित्ता पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको हो।

बुक विल्डिङ्ग निर्देशिका, २०७७ को दफा (१३) को उपदफा (१) बमोजिम बोलकबोल प्रणाली मार्फत आवेदन दिने योग्य संस्थागत लगानीकर्ताहरूलाई ७ लाख ७० हजार ६४० कित्ता शेयर बाँडफाँड गर्दा कट अफ मूल्य ९१२ रुपैयाँ निर्धारण भएको र सोही निर्देशिकाको दफा (१४) बमोजिम कट अफ मूल्यमा १० प्रतिशत छुट दिंदा प्रतिशेयर मूल्य ८२०।८० रुपैयाँ कायम भएको छ।

अर्थात् लगानीकर्ताले यो आईपीओमा आवेदन दिंदा प्रतिकित्ता ८२०.८० रुपैयाँ लाग्नेछ र आवेदन दिंदा कम्तीमा ५० कित्ताका लागि र बढीमा २० हजार कित्तासम्म माग गर्न सकिनेछ। यसको मतलब यो आईपीओ भर्न कम्तीमा पनि ४१ हजार ४० रुपैयाँ लाग्नेछ।

शेयर निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयर एनपी सिंगल ए माइनस इस्यूअर रेटिङ्ग’ दिएको छ यसले समयमै वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त रहेको बुझाउँछ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिएका सबै आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूका साथै ‘मेरो शेयर’ एप प्रयोग गरी अनलाइन मार्फत् सजिलै आवेदन दिन सक्नेछन्। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ।

prabhu mahalaxmi
kumari bank
kumari