stcnepal long ad
global ime bank long

आशा लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना नवौं वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि मंसिर २२ गते बुक क्लोज गर्ने भएकाले लाभांश सुरक्षित गर्ने आज मंसिर २१ गते अन्तिम दिन रहेको छ।

कम्पनीले आफ्ना शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस शेयर ०.५ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १० प्रतिशत लाभांश वितरण गर्नेछ।

साधारण सभाले गत आर्थिब वर्षको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाब विवरण र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्नुका साथै चालू आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ।

त्यसैगरी अन्य लघुवित्तसँग मर्जरमा जान आवश्यक कार्य गर्न र सम्बन्धित निकायहरूबाट कुनै निर्देशन प्राप्त भएमा सोही बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि साधारण सभाका लागि तय गरिएको छ।यो साधारण सभा आउँदो पुस ४ गते धुलिखेलस्थित होटल अरनिको प्रा.लि. मा दिउँसो २ बजेदेखि बस्दैछ।

IME Lifesidebar
kumari