सिद्धार्थ बैंकलाई तीन विधामा एक्सिलेन्स अवार्ड
काठमाडौं । सिद्धार्थ बैंकले तीन प्रतिष्ठित अवार्ड पाएको छ । बैंकले विश्वप्रसिद्ध भुक्तानी सेवाप्रदायक संस्था भिसा इन्टरनेसनलसँगको साझेदारी अन्तर्गत आयोजित भिजा लिडरसिप कन्क्लेभ कार्यक्रममा एक्सिलेन्स इन कन्जुमर क्रेडिट कार्ड्स, एक्सिलेन्स इन प्रिपेड कार्ड्स र एक्सिलेन्स इन पोस अक्वायरिङ विधामा तीन अवार्ड पाएको हो ।
यी अवार्ड बैंकले डिजिटल भुक्तानी सेवामा देखाएको उत्कृष्ट प्रदर्शन, व्यावसायिक साझेदारीप्रतिको प्रतिबद्धता तथा ग्राहककेन्द्रित सेवाको उच्च मूल्यांकनका आधारमा प्रदान गरिएको बताइएको छ ।
ग्राहकलाई सुरक्षित, छरितो तथा आधुनिक डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यअनुरूप बैंकले क्रेडिट कार्ड, प्रिपेड कार्ड तथा पोस सेवा विस्तार गर्दै आएको छ । यी उपलब्धिले बैंकको सेवा गुणस्तर, प्रविधिमैत्री नीति तथा बजारमा बढ्दो विश्वासलाई पुष्टि गरेको बैंकले जनाएको छ ।
असार मसान्तसम्म बैकले बैंकहरूले तीन लाख १८ हजार क्रेडिट कार्ड जारी गरिसकेका छन्, जसमा सिद्धार्थ बैंकको हिस्सा करिब ६० हजार क्रेडिट कार्ड रहेको छ ।































