stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

खानेपानी कार्यालयका डिभिजन प्रमुख सहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, डिभिजन नं. ४ कलैया, बाराका तत्कालीन निमित्त डिभिजन प्रमुख किशोरीप्रसाद यादव सहित चार जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलकअनुसार आर्थिक वर्ष २०७९/८० को स्वीकृत बजेटअनुसार बारा जिल्ला अन्तर्गत विभिन्न निर्माण कार्यको लागि २३ वटा बोलपत्र आह्वानको सूचना सार्वजनिक खरिद ऐन, २०६३ को दफा १४ को उपदफा (१) बमोजिम राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्नेमा सो नगरी प्रमुख यादव सहित लेखापाल प्रदिप दास, सान्दर्भिक मिडिया नेटवर्क प्रालिका प्रबन्धक निसान्त सिग्देल र प्रभाव दैनिकका बजार प्रबन्धक सन्तोषराज खरेलसमेतको मिलेमतो तथा योजनामा आफूहरूलाई गैरकानुनी लाभ पुर्‍याउने बदनियत राखेको देखिएको छ ।

जसकारण, उक्त बोलपत्र आह्वानको सूचना लुकाई छिपाई, सार्वजनिक रूपमा प्रकाशन नगरी नगराइ ठेक्काको प्रयोजनार्थ अभिलेखमा राख्ने गरी प्रभाव दैनिक पत्रिकाको एकप्रति मात्र प्रकाशित गरी उक्त मिति २०७९ फागुन २१ गतेको बोलपत्र आह्वानको सूचना खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय डिभिजन नं. ४ कलैया, बारामा पेस गरी गराई सूचना लुकाउने दुषित मनसाय राखिएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

सार्वजनिक तवरमा वितरण प्रयोजनार्थ प्रकाशित नै नगरेको प्रभाव दैनिक पत्रिकाको सक्कल भनिएको पत्रिकाको प्रतिसमेत साथै राखी झुट्टा बिल भरपाई लगायतका कागजातहरूको आधारमा तीन लाख १६ हजार ५७० रुपियाँ अग्रीम करबाहेक सान्दर्भिक मिडिया नेटवर्क प्रा.लि.लाई भुक्तानी भएको र सान्दर्भिक मिडिया नेटवर्क प्रा.लि.को बैँक खाताबाट ५० हजार रुपियाँ प्रभाव दैनिक प्रा.लि.का बजार प्रबन्धक सन्तोषराज खरेलले भुक्तानी लिएको समेत देखिएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ बमोजिम उनीहरु विरुद्ध तीन लाख १६ हजार ५७० रुपियाँ बिगो रकम कायम गरी कैद र जरिवाना सजाय हुन मागदाबी लिई आइतबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long