stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

नेपाल वायुसेवा निगमको महाप्रबन्धक छनोट समितिले योग्य उम्मेदवारलाई आवेदनका लागि आह्वान

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल वायुसेवा निगमको सुधारका लागि सरकारले खुला प्रतिस्पर्धाबाट वायुसेवा निगमको महाप्रबन्धक छनोट गर्ने भएको छ । आज सूचना जारी गर्दै महाप्रबन्धक छनोट समितिले योग्य उम्मेदवारलाई आवेदनका लागि आह्वान गरेको हो ।

महाप्रबन्धक बन्न योग्य व्यक्तिले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा आवेदन दिन सक्ने बताइएको छ । योग्यता, पारिश्रमिक तथा सुविधाहरू यसअघि नै सरकारले तय गरी मन्त्रालयको वेभसाइटमा राखिसकेको छ ।

कात्तिक दोस्रो साता खुला प्रतिस्पर्धाबाट योग्य उम्मेदवार छनोट गरी सिफारिस गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा समिति गठन गरिएको थियो ।

समितिमा क्याप्टेन कुलबहादुर लिम्बू विज्ञ सदस्य चयन भएका छन् । मन्त्रालयका योजना तथा प्रशासन महाशाखा प्रमुख एवं सहसचिवले सदस्य सचिवको काम गर्नेछन् ।

समितिले एक महिनाभित्र खुला प्रतिस्पर्धाबाट योग्य उम्मेदवार छनोट गरी सिफारिस गर्नुपर्ने बताइएको थियो । सोहीअनुसार आज आवेदन आह्वान गरिएको हो ।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long