stcnepal long ad
global ime bank long

उपकार लघुवित्तवित्तीय संस्थाको १ लाख ८९ हजार बढी कित्ता शेयर बिक्रीमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाको १ लाख ८९ हजार बढी कित्ता शेयर आज भदौ १९ गतेबाट बिक्रीमा राखिएको छ।

बाँकेको कोहलपुरस्थित महिला उपकार मञ्चको नाममा रहेको संस्थाको १ लाख ८९ हजार ७९४ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई संस्थाका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता तोकिएको छ। इच्छुक संस्थापक शेयरधनीले शेयर खरिदका लागि निवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

शेयर खरिदका लागि निवेदन दिँदा न्यूनतम ५ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि दिन सकिनेछ। निवेदन ३५ दिनभित्र पेस गर्नुपर्नेछ।

शेयर खरिद गर्न चाहने संस्थापक शेयरधनीले काठमाडौंको थापाथलीस्थित ट्रेड टावरमा रहेको एनआईसी एसिया क्यापिटलको कार्यालय र कोहलपुर–११ स्थित उपकार लघुवित्तको केन्द्रीय कार्यालयमा निवेदन दिन सक्नेछन्।

IME Lifesidebar
kumari