citizens life insurance long ad
stcnepal long ad

उच्च अदालतले बीमा कम्पनीका सिईओलाई अन्य कम्पनीमा सञ्चालक बन्न पाउनुपर्ने माग खारेज

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालमा सञ्चालित बीमा कम्पनीका सिईओ तथा कर्मचारीहरुलाई अन्य बीमा तथा लगानी रहेका कम्पनीमा सञ्चालक बन्न नपाउने भएका छन् । सो सम्बन्धमा परेको रिट आज उच्च अदालतबाट खारेज गर्दै यसअघिको बीमा प्राधिकरणकै निर्णय सदर गरेपछि यस्तो अवस्था आएको हो ।

२०८२ असार १ गते अन्जन भण्डारीले उच्च अदालत पाटनमा बीमा कम्पनीका सिईओ तथा कर्मचारीहरुलाई अन्य लगानी रहेका कम्पनीहरुमा सञ्चालक बन्न रोक्ने निर्णय गरेर बीमा प्राधिकरणले गैर कानुनी कार्य गरेको भन्दै प्राधिकरणको उक्त निर्णय बदर गर्न माग गर्दै रिट दायर गरेका थिए ।

रिट नं ०८१डब्लुओ २६६० नम्वरको मुद्दामाथि उच्च अदालत पाटनका न्यायाधीशहरु ऋषि राजभण्डारी र तेज प्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले बीमा कम्पनीका सिईओ तथा कर्मचारी आफै आफ्नो लगानी रहेको कम्पनीमा सञ्चालक बन्न पाउने मागलाई कानुन विपरित रहेको ठहर गर्दै र बीमा प्राधिकरणकै निर्णय सदर गरेको हो ।

आजको इजलासमा बीमा प्राधिकरणका तर्फबाट उप निर्देशक बिरोध भट्ट र सुविता थापा तथा सहायक निर्देशक बुनु घिमिरेले बहस गरेका थिए ।

IME Life
kumari