stcnepal long ad
ime life insurance
national life
global ime bank long

स्वस्तिक लघुवित्तको आईपीओ बाँडफाँड

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणलाई निष्कासन गरेको आईपीओ आज बाँडफाँड गरेको छ।

कम्पनीले गत साउन ३० गतेदेखि भदौ ३ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १ लाख ९५ हजार १९५ कित्ता आईपीओ बिक्री खुला गरेको थियो।

बिक्री अवधिभर कुल २४ लाख ४० हजार ४६० जना आवेदकले २ करोड ७४ लाख ६४ हजार ५७० कित्ताका लागि आवेदन दिएका थिए। जसमध्ये २ हजार ३०० जनाको आवेदन रद्द भएको छ।

रीतपूर्वक आवेदन दिएका २४ लाख ३६ हजार ३९३ जनामध्ये १९ हजार ५१९ जना आवेदकले १०र१० कित्ताका दरले शेयर हात पारेका छन् भने बाँकी २४ लाखभन्दा बढी आवेदकको हात खाली भएको छ।

यीमध्येबाट १० कित्ताभन्दा बढीका लागि आवेदन दिएकाहरूमध्ये थप ५ जनाले १/१ कित्ताका दरले ११ कित्ता शेयर हात पारेका छन्।

IME Lifesidebar
kumari