रञ्जित र प्रधान फोनिजको प्रकाशन तथा सञ्चार विभागमा मनोनित
काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का महासचिव समीर बलामीले आज साउन १९ गते एक विज्ञाप्ति प्रकाशित गरि आर्थिक सञ्जाल डटकमका अध्यक्ष तथा वरिष्ठ पत्रकार निरज रञ्जित र रातो चन्द्र सूर्य डटकमका अध्यक्ष वरिष्ठ पत्रकार हरिगोपाल प्रधानलाई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को विधान २०७२ (संशोधन २०८०) को दफा १४ को उपदफा ९ अनुसार, अध्यक्ष लक्की चौधरीको अध्यक्षतामा गत साउन १६ गते सम्पन्न सचिवालय बैठकद्वारा महासंघको प्रकाशन तथा सञ्चार विभागको सदस्यमा मनोनयन गरिएको जनाएको छ।
विगत तीन दशकदेखि सकृय रूपमा पत्रकारिता गर्दै आउनु भएका रञ्जित आर्थिक, प्रशासनिक, राजनीतिक र कुटनैतिक धारमा केन्द्रित रहेर पत्रकारिता क्षेत्रमा क्रियाशिल हुनुहुन्छ।
उहाँलाई फोनिजले प्रकाशन तथा सञ्चार विभाग जस्तो महत्वपूर्ण जिम्मेवारीमा मनोनित हनुभएकोमा फोनिज परिवारको तर्फबाट हार्दिक बधाई तथा शुभकामना पनि व्यक्त गरेको छ।
फोनिजको उद्देश्य, पहिचान, समावेशिता,आदिवासी जनजाति आन्दोलन, मूल्य(मान्यता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकारिता क्षेत्रको समुन्नत विकासमा उहाँको सकृय नेतृत्व र प्रभावकारी भूमिका निर्वाह हुने विश्वास पनि लिएको छ ।


























