stcnepal long ad
global ime bank long

खानीखोला हाइड्रोपावरको शतप्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं ।  खानीखोला  हाइड्रोपावर  कम्पनीले  लिमिटेडको शतप्रतिशत हकप्रद सुरक्षित गर्ने आज (असार २६) अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनका लागि भोलि असार २७ गते एक दिन बुक क्लोज गर्दैछ ।

तसर्थ आजसम्म कायम रहने शेयरधनीले कम्पनीले निष्कासन गर्ने हकप्रदमा आवेदन दिन पाउने छन् ।

कम्पनीले हाल कायम चुक्ता पुँजी ४६ करोड ५७ लाख १४ हजार ३०० रुपियाँबराबरको शतप्रतिशत अर्थात् प्रतिकित्ता १०० रूपियाँका दरले १ः१ अनुपातमा ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद शेयर निष्कासन गर्दैछ ।

IME Lifesidebar
kumari