stcnepal long ad
himalayan life insurance long ad

युद्व युद्व नै हुन्छ कविता संग्रहको लोकार्पण

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीद्वारा लिखित कविता संग्रह युद्व युद्व नै हुन्छू को आज असार ७ गते गैरीधारामा प्रमुख अतिथि संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले लोकार्पण गर्नु भएको छ।

कविता संग्रह लोकार्पण कार्यक्रम एपेक नेपालद्वारा गरिएको थियो। एपेक नेपालका अध्यक्ष विश्वविमोहन श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री पाण्डे, विशिष्ठ अतिथि वरिष्ठ साहित्यकार डा. तुलसी दिवश, सांसद महेश बस्नेत, पुर्व मुख्य सचिव भोजराज घिमिरे, महालेखा परीक्षक कार्यालयका उपमहालेखा परीक्षक सचिव वैकुण्ठ बहादुर अधिकारी,साहित्यकार प्रकाश सायमी, सांसद अमरेश कुमार सिंह, मिना श्रेष्ठ, शर्मिला बजगाई, क्याप्टेन विजय लामा लगायत मौधुन्य लेखक, साहित्यकार, कलाकार, पत्रकार र निर्देशकहरूको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रममा कविता लोकार्पण गर्दै मन्त्री पाण्डेले कवि र गीतकार अधिकारीका कविताले जीवन र जगतका अनुभूतीलाई समेटेको बताउनु भएको थियो। कार्यक्रममा फिल्म निर्देशक, लेखक, साहित्यकार तथा एपेक नेपालका संयोजक राजेन्द्र शलभले स्वागत मन्तव्य,साहित्यकार,  समालोचक प्रकाश सामयीले कविताका बारेमा प्रकाश पार्नु भएको थियो।

कार्यक्रममा कवि, गीतकार युवराज अधिकारीले आफुले अध्ययन गरेको विद्यालय इलाम क्षेत्रको साहित्यिक माहोलले प्रेरणा दिएको बताउदै दुई वटा कविता बाचन गर्नु भएको थियो। साहित्य जीवन सापेक्ष,सिर्जना र रचनात्मक,घर्तिलाई टेकेर वाद र घेरा भन्दा माथि उठेर लेखेको हुनु पर्दछ भन्नु भयो। कार्यक्रममा निगमका क्याप्टेन विजय जेम्स लामा र नायक निखिल उप्रेतीले कवि युवराज अधिकारीका दुई–दुई वटा कविता बाचन गर्नु भएको थियो। कार्यक्रमको अन्त्यमा कवितामा आधारित भएर रंगमञ्चकर्मीहरूले नाटक पनि प्रस्तुत गरेका थिए।

अब्बल कवि तथा गीतकार अधिकारी बि. सं. २०१९ साउन १५ मा इलामको आइतबारे बजारमा माता इन्दिरादेवी अधिकारी र पिता गोपीनाथ अधिकारीको काँइला सुपुत्रको रूपमा जन्मिनु भएको थियो। पन्ध्ररसोह्र वर्षको उमेरमै ूमेरा चित्कारहरूू नामक कविता संग्रह प्रकाशन गरेर साहित्यिक यात्राको औपचारिक शुभारम्भ गर्नु भएका अधिकारीको ुदेउरालीको फूलु नामक गीति एल्बम समेत प्रकाशित भएको छ ।

कवि र गीतकार अधिकारीले २०३९ ताका साहित्यिक पत्रिकाको र २०४५ तिर साहित्यिक पत्रकार संघको मुखपत्रको रूपमा प्रकाशित हुने ‘सिर्जना’ को पनि सम्पादन गर्नु भएको थियो । अन्तर्राष्ट्रिय साहित्य समाज र गीतकार संघका आजीवन सदस्य अधिकारीले विभिन्न पुरस्काररसम्मानहरू हासिल गर्नुका साथै विभिन्न पत्रपत्रिकामा उहाँका दर्जनौं लेखर साहित्यिक रचनाहरू प्रकाशित छन् ।

तीन दशक भन्दा लामो समय राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगममा सेवा गर्नुभएका अधिकारी हाल सोही संस्थाको कार्यकारी अध्यक्ष हुनुहुन्छ । किशोरावस्थामै ‘चारपाते युवा क्लब’ आइतबारेको अध्यक्ष भएर समाजसेवा पनि गर्नुभएका अधिकारी काव्य सिर्जनाको माध्यमबाट सर्वदा मुलुकको हित अभिवृद्धिको निम्ति आवाज सघन बनाउँदै आउनु भएका एकजना अथक सर्जक हुनुहुन्छ ।

युद्व युद्व नै हुन्छ कविता संग्रहमा एक टुक्रा जिन्दगी,मान्यता,जिन्दगी यस्तै त हो कान्छा,हराएको मान्छे,तिमी तिमी जस्तै हुनु, उचाइ र धुलो,जन्मघर,तिम्रो याद,जिन्दगी स् अन्त्यहीन संघर्ष,हो ऊ आउनेछ,विडम्बना, रूपान्तरण,पृथ्वीको संकल्प,जिन्दावाद र मुर्दावादको शहरमा कोही आउनेछ,आमा, मान्छे र सत्य,जिउँदा मान्छेहरू,देश, युद्ध युद्ध नै हुन्छ,शुभेच्छा तिम्रो महानतालाई,समय, माउन्ट एभरेष्टभन्दा अग्लो ऊ,सिर्जना र सभ्यता,अस्तित्व,बादलले छोपिएका आँखाहरू,आमाको आँसु,गालीको वर्षात, खुशीको धरातलहरू,मेरो प्रिय फुच्चे,घात र प्रतिघातहरूलाई,शंखनाद,स्मृति स् एउटा अस्तित्वको र आफ्‌नै श्वास फेर्नेहरूलाई जस्ता ३३ वटा शिर्षकमा कविताहरू प्रकाशित छन। पुस्तकको लोकार्पणका दिन ४ सय रूपैयाँमा पुस्तक बिक्री गरिएको थियो।