शिक्षित युवालाई बिनाधितो २० लाखसम्म सहुलियतपूर्ण कर्जा दिने

काठमाडौं । सरकारले शिक्षित युवालाई उद्यमशील र स्वरोजगार बनाउन बिनाधितो २० लाखसम्म सहुलियतपूर्ण कर्जा दिने व्यवस्था गरेको जनाइएको छ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज बिहीबार आर्थिक वर्ष २०८२/०८३ को बजेट मार्फत यस्तो बताएका हुन् ।
‘शैक्षिक योग्यता, व्यवसाय दर्ता, सीप परीक्षणको प्रमाणपत्र र व्यवसायिक योजनाका आधारमा शिक्षित युवालाई २ लाखदेखि २० लाखसम्म ३ प्रतिशत सहुलियतपूर्ण ब्याजदरमा बिनाधितो कर्जा उपलब्ध गराइने जनाइएको छ ।