citizens life insurance long ad
stcnepal long ad

ई–सेवाले ल्यायो ‘विना ट्रबल पैसा डबल’ अफर

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी ई–सेवा लिमिटेडले ‘विना ट्रबल पैसा डबल’ अफर सार्वजनिक गरेको छ।

विशेष योजना अन्तर्गत अफर अवधिभर ई–सेवाबाट बैंक खातामा रकम ट्रान्सफर गर्ने दैनिक २ जना भाग्यशाली प्रयोगकर्ताहरूले ५ हजार रुपैयाँसम्मको डबल क्यासब्याक जित्न सक्ने मौका रहेको ई–सेवाले जनाएको छ।

कम्पनीका अनुसार अफर समाप्तिसँगै थप २ जना भाग्यमानी प्रयोगकर्ताहरूलाई बम्पर पुरस्कार स्वरूप १ लाख रुपैयाँ जित्ने अवसर छ।

जेठ १५ देखि असार १३ गतेसम्म चल्ने यस अफरमा ई–सेवा डाइरेक्ट, क्यूआर स्क्यान वा खाता नम्बरमध्ये जुनसुकै माध्यमबाट पनि बैंक खातामा रकम ट्रान्सफर (बैंक ट्रान्सफर) गर्ने सबै प्रयोगकर्ता पुरस्कारको लागि योग्य रहनेछन्।

हरेक दिन छनौट गरिने २ जना भाग्यशाली डबल क्यासब्याक विजेतामध्ये १ जना विजेता नयाँ प्रयोगकर्ताहरुबाट छनोट गरिनेछ।

ई–सेवाले डिजिटल कारोबारलाई थप सहज, सुरक्षित र प्रभावकारी बनाउन देशभरका विभिन्न बैंक तथा वित्तीय संस्थासँग सहकार्य गर्दै आएको छ।

हाल ई–सेवामा नेपालका सबै प्रमुख बैंक तथा वित्तीय संस्थाहरू साझेदारको रूपमा आबद्ध छन्। यी साझेदारीहरूले डिजिटल भुक्तानी प्रणालीलाई जनमैत्री, भरपर्दो र सुलभ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।

बैंक तथा वित्तीय संस्थाहरू सँगको साझेदारीले सेवा प्राप्त गर्नेलाई थप सहजता प्रदान गरेको छ भने लेनदेनको सुरक्षा र विश्वसनीयता पनि सुनिश्चित गरेको छ।

IME Life
kumari