फरवार्ड माइक्रोफाइनान्सको ३ लाख ६२ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको ३ लाख ६२ हजार कित्ता शेयरको बिक्री खुलाएको छ । यो शेयर हाललाई लघुवित्तकै कायम संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् ।
शेयर खरिद गर्न इच्छुक शेयरधनीले ३५ दिनभित्र आवश्यक कागजात सहित लघुवित्तको बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड बालुवाटार, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।
साथै तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट खदिर आवेदन नपरेमा उक्त शेयर अन्य व्यक्ति वा संघसंस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइनेछ ।