stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

कोरियाबाट रकम पठाउँदा जसले पाए १८ गुणा बढी

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौँ । सिटी एक्सप्रेस मनि ट्रान्सफरले “१८औँ वर्षमा १८ गुणा, परिवारमा खुसी लाखौँ गुणा” योजनाको उपहार हस्तान्तरण गरेको छ ।

कोरियाबाट नीराजन ढकालले जि मनि ट्रान्स मार्फत सिटी एक्सप्रेसमा आमा निर्मला तिवारीलाई रेमिटान्स पठाउँदा आफूले पठाएको रकमको १८ गुणा अर्थात् रु ७,५४,३६२ जित्न सफल भएका थिए ।

सोही रकम काठमाडौँ कमलादीस्थित आफ्नै कार्यालय भवनमा आयोजित कार्यक्रममा कम्पनीले उनकी आमा निर्मला तिवारीलाई हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।

उक्त कार्यक्रममा हास्य कलाकार साथै सिटी एक्सप्रेस मनि ट्रान्सफरका ब्रान्ड एम्बेसडर जितु नेपालको उपस्थिति रहेको थियो ।

सोही योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना २ जनालाई सामसङको स्मार्ट फोन, हरेक हप्ता २ जनालाई सामसङको स्मार्ट टिभी साथै ९० दिन लगातार हरेक दिन १८ जना विजेताहरूलाई जनही रु ५०० को सिटी पे वालेट टप् अप र अन्त्यमा एक जना भाग्यशाली बम्पर विजेताले आफूले पठाएको रकमको १८ गुणा बढी रकम पाउने योजनामा रहेको थियो ।

जसअन्तर्गत १६२० जनाले दैनिक उपहार (रु ५०० को वालेट टप् अप), २४ जनाले साप्ताहिक उपहार (सामसङको स्मार्ट टिभी) र ६ जनाले मासिक उपहार (सामसङको स्मार्टफोन) जित्न सफल भएको कम्पनीले जनाएको छ । सोही कार्यक्रममा सिटी एक्सप्रेस मनि ट्रान्सफरले २०८२ सालको क्यालेन्डर पनि सार्वजनिक गरेको थियो ।

prabhu mahalaxmi
kumari