कोरियाबाट रकम पठाउँदा जसले पाए १८ गुणा बढी

काठमाडौँ । सिटी एक्सप्रेस मनि ट्रान्सफरले “१८औँ वर्षमा १८ गुणा, परिवारमा खुसी लाखौँ गुणा” योजनाको उपहार हस्तान्तरण गरेको छ ।
कोरियाबाट नीराजन ढकालले जि मनि ट्रान्स मार्फत सिटी एक्सप्रेसमा आमा निर्मला तिवारीलाई रेमिटान्स पठाउँदा आफूले पठाएको रकमको १८ गुणा अर्थात् रु ७,५४,३६२ जित्न सफल भएका थिए ।
सोही रकम काठमाडौँ कमलादीस्थित आफ्नै कार्यालय भवनमा आयोजित कार्यक्रममा कम्पनीले उनकी आमा निर्मला तिवारीलाई हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।
उक्त कार्यक्रममा हास्य कलाकार साथै सिटी एक्सप्रेस मनि ट्रान्सफरका ब्रान्ड एम्बेसडर जितु नेपालको उपस्थिति रहेको थियो ।
सोही योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना २ जनालाई सामसङको स्मार्ट फोन, हरेक हप्ता २ जनालाई सामसङको स्मार्ट टिभी साथै ९० दिन लगातार हरेक दिन १८ जना विजेताहरूलाई जनही रु ५०० को सिटी पे वालेट टप् अप र अन्त्यमा एक जना भाग्यशाली बम्पर विजेताले आफूले पठाएको रकमको १८ गुणा बढी रकम पाउने योजनामा रहेको थियो ।
जसअन्तर्गत १६२० जनाले दैनिक उपहार (रु ५०० को वालेट टप् अप), २४ जनाले साप्ताहिक उपहार (सामसङको स्मार्ट टिभी) र ६ जनाले मासिक उपहार (सामसङको स्मार्टफोन) जित्न सफल भएको कम्पनीले जनाएको छ । सोही कार्यक्रममा सिटी एक्सप्रेस मनि ट्रान्सफरले २०८२ सालको क्यालेन्डर पनि सार्वजनिक गरेको थियो ।