stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

प्रेस चौतारीको १० ओैं महाधिवेशनको उदघाटन सत्र सम्पन्न

Nimb long ad
Prabhu Insurance Long Ad
national life

विराटनगर । नेकपा (एमाले) का केन्द्रीय महासचिव शंकर पोखरेलले सत्यको विश्लेषण नगरी भ्रमका पछि दौडन नहुने बताउनु भएको छ । २०८१ चैत्र १० गते आइतबार प्रेस चौतारी नेपालको १० औँ केन्द्रीय महाधिवेशनको विराटनगरमा उद्घाटन गर्दै महासचिव पोखरेलले हिजो देश कहाँ थियो र आज कहाँ छ भन्ने कुरा विश्लेषण नगरी लोकतन्त्र आएपछि देशमा केही भएको छैन भनि गरिएको भ्रमको पछि लाग्नु नहुने बताउनु भयो ।

पोखरेलले वर्तमान सरकार सरकार चलाउनको लागि मात्र नबनेको बताउनुभयो । लोकतान्त्रिक प्रणाली माथि नै चुनौती उत्पन्न भएको कारण देशका दुई प्रमुख राजनीतिक दल मिलेर सरकार बनाएको उहाँले स्पष्ट पार्नुभयो । ‘कांग्रेस र एमाले पहिलो पटक मिलेका होइनन्, जब देशलाई संकट पर्छ, तब कांग्रेस र एमाले मिल्ने गर्दछन्’, पोखरेलले भन्नुभयो ।

पोखरेलले माओवादीको सशस्त्र द्वन्द्वको निशान राजा नभएर कांग्रेस र एमाले भएका पोखरेलले बताउनुभयो। माओवादीलाई सशस्त्र द्वन्द्वको बेला कसले पालन पोषण गरेका थिए भन्ने कुरा प्रमाणित हुँदै गएको उहाँले बताउनुभयो । राजवादी र भारतीयहरू माओवादीलाई हामीले संरक्षण गरेका थियौँ भन्दै हिँड्न लागेको पोखरेलले सुनाउनुभयो ।

आज राजावदीहरुले लोकतन्त्रमा देश विकासको कुनै काम हुन सकेन भनेर भ्रम फिँजाइरहेका बताउँदै पोखरेलले राजाको पालामा भएको विकास र लोकतन्त्रमा राजनीतिक दलले शासन गर्दा भएका विकास तुलना गरेर हेर्न आग्रह गर्नुभयो ।

पोखरेलले कुतर्क गरेर जनतालाई भ्रम फिँजाउने कुचेष्टा नगर्न राजावादीहरूलाई चेतावनी दिनुभयो । ‘लोकतन्त्रले के दियो, गणतन्त्रले के दियो भन्ने कुरा तथ्यका आधारमा विश्लेषण गरेर हेर्नुपर्दछ’, पोखरेलले भन्नुभयो । आज जुन हिसाबले सामाजिक सञ्जाल मार्फत सामाजिक अराजकता मच्चाइँदै छ त्यसको पछि लाग्ने हो भने लोकतन्त्र नै जोखिममा पर्ने उहाँले बताउनुभयो ।

लोकतन्त्रमा प्रेस स्वतन्त्रतामा कुनै बन्देज नलाग्ने भए पनि सामाजिक अराजकतालाई भने रोक्नु पर्नेमा उहाँले जोड दिनुभयो । ‘समाजलाई जहिले पनि अस्थिरतामा रुमलेर यो समाज अगाडि बढ्न सक्दैन’, उहाँले भन्नुभयो ।

नेपालमा राजतन्त्र ब्युँताउने कुरा किमार्थ सम्भव नरहेको उहाँले बताउनुभयो । संगठित शक्तिहरूले लामो तयारी गरेर राजाको पक्षमा प्रदर्शन गरेको भए पनि त्यसले गणतन्त्र उल्टाउने कुरा सम्भव नरहेको उहाँले स्पष्ट पार्नुभयो ।

नेपालको अहिलेको संविधान संशोधन गरिने बताउँदै उहाँले त्यसको लागि दुई दलले आवश्यक वातावरण बनाउने काम गरिरहेका बताउनुभयो । अहिले दुईवटा पार्टी संयन्त्र बनाएर संविधान संशोधन गरी स्थायित्व कायम गरेर अघि बढ्ने पोखरेलले स्पष्ट पार्नुभयो ।
सञ्चार क्षेत्रले तथ्य र सत्यमा विश्वास गर्नुपर्ने पोखरेलले बताउनुभयो ।

सञ्चारकर्मीले सत्य र तथ्यलाई स्थापित गर्नु पर्ने बताउँदै सञ्चार क्षेत्र हावाको भरमा चल्नु नहुने स्पष्ट पार्नुभयो । सञ्चार क्षेत्रले र अव विकास र समृद्धिको एजेण्डा लिएर अघि बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो । अब सञ्चार क्षेत्रको मिसन पनि बदलिनु पर्ने पोखरेलको धारणा छ ।

मंगलबारसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । महाधिवेशनमा देशभरका झण्डै १ हजार पत्रकारहरू भेला भएका छन् ।

prabhu mahalaxmi
kumari