citizens life insurance long ad
stcnepal long ad

नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागे

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४३.३५ अङ्कले घटेर दुई हजार ६२.८० अङ्कमा सीमित भएको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक ८।६८ अङ्कले ओरालो लागेर ३९७.४३ मा कायम भएको छ । कूल २२२ कम्पनीको ६६ लाख ४६ हजार ३६ कित्ता शेयर रु दुई अर्ब ८१ करोड ५१ लाख ४४ हजार ५९८ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । बैंकिङ १८.०५, व्यापार ७०.३२, होटल तथा पर्यटन ३४.६२, विकास बैंक १२२.६९, जलविद्युत् ७८.०१, वित्त ६०.२७, निर्जीवन बीमा १२३.४४, उत्पादन ७०.३७, अन्य ५८.७२, लघुवित्त १२५.६२, जीवन बीमा १२२.५१, सामूहिक लगानी कोष ०.१४ र लगानी १.३३ अङ्कले घटेका छन् ।

आजको कारोबारपछि बजार पूँजीकरण रु २९ खर्ब ४६ अर्ब १६ करोड ७२ लाख ३१ हजार ५५० बराबर रहेको छ । कारोबारका आधारमा नागरिक लगानी कोष शीर्ष स्थानमा छ ।

सो कम्पनीको रु १५ करोड १० लाख ९७ हजार ७६६ बराबरको कारोबार भयो । शिवम् सिमेन्ट रु १३ करोड आठ लाख ७८ हजार, हिमालयन डिस्टिलरी रु १० करोड ७८ लाख ४९ हजार, नबिल बैंक रु १० करोड ४२ लाख नौ हजार नौ सय ८५ र नेपाल दूरसञ्चार कम्पनी रु सात करोड ७८ लाख ९३ हजार चार सय २९ बराबरको कारोबार भई शीर्ष पाँचभित्र परेका छन् ।

नेप्सेका अनुसार हिमालयन हाइड्रोपावर ९.९७, गुराँस लघुवित्त ६.३६, नेपाल इन्भेष्टमेन्ट बैंकको ऋणपत्र ३.९६, युनिलिभर नेपाल ३.९५ र गुडविल फाइनान्सका लगानीकर्ताले तीन प्रतिशतले कमाए ।

त्यस्तै गणपति लघुवित्त ७.२७, घलेम्दी हाइड्रोपावर ६.६८, पञ्चकन्या माई हाइड्रोपावर ६।४९, न्यादी हाइड्रोपावर ६.४० र मध्य भोटेकोसी जलविद्युत् कम्पनीका लगानीकर्ताले ६.३१ प्रतिशतले गुमाएका छन् ।

IME Life
kumari