citizens life insurance long ad
stcnepal long ad

माघ पहिलो साताको सेयर बजारको अबस्था

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । माघ महिनाको पहिलो साताको पाँच कारोबार दिनमा सेयर बजार ३ दिन बढ्यो भने २ दिन घट्यो। समग्रमा यो साता पनि सेयर बजारमा रौनक कायमै रहेको पाइयो। साताको पहिलो दिन बजारमा झन्डै ६७ अंकको बढोत्तरी आएको थियो। अन्य दिनमा भने बजार सामान्य नै रहयो।

साताको अन्तिम कारोबार दिन हिजो माघ ६ गते विहिवार बजारमा ३३ अंकभन्दा बढी बढोत्तरी भएको छ। बजार २९०० भन्दा माथि पुगेको छ।

समग्रमा यो साता बजार ७३ अंकले उकालो लागेको छ। साताभरि बजारमा लगभग ३७.८ अर्ब रुपैयाँको कारोबार भएको छ। जुन अघिल्लो साताको तुलनामा ३ अर्ब रुपैयाँले बढी हो।

अघिल्लो साताको तुलानामा यो साता सूचकसँगै कारोबार पनि बढेको देखिन्छ। यसले बजारमा बुलिस यात्रा कायमै रहेको र लगानीकर्ताको मनोबल पनि निकै मजबुत रहेको देखिन्छ।

आगामी साता के होला त ?

बिहानीले दिनको संकेत दिन्छ भनेजस्तै यो साता बजार मजबुत देखिनुले आगामी साता पनि बजारमा राम्रै चहलपहल हुने अपेक्षा गर्न सकिन्छ ।

नेप्सेमा पनि नयाँ प्रमुख कार्यकारी अधिकृतको आगमन हुन सक्ने देखिन्छ। सरकारले विकास खर्च बढाउँदै लैजाँदा तरलता बढ्ने देखिन्छ। तरलता बढेसँगै सेयर बजारमा सकारात्मक प्रभाव पर्ने देखिन्छ।

सेबोनले विभिन्न कम्पनीलाई आईपीओ र हकप्रद निष्कासनको अनुमति दिएकोले प्राथमिक बजार फेरि चहलपहल बढ्ने देखिन्छ। प्राथमिक बजारमा चहलपहल बढेसँगै दोस्रो बजारमा पनि यसका सकारात्मक प्रभाव पर्ने विश्लेषकहरु बताउँछन्।

 

IME Life
kumari