citizens life insurance long ad
stcnepal long ad

नेपाल स्टक एक्सचेन्जको सीईओका लागि ११ जनाको आवेदन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल स्टक एक्सचेन्जको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को लागि ११ जनाको आवेदन परेको छ । अर्थ मन्त्रालयद्वारा गठित नेप्से सीईओ छनोट सिफारिस समितिले यही कात्तिक १३ गते सूचना जारी गर्दै आइतबार (आज) सम्मको लागि आवेदन खुला गरेको थियो।

आवेदन दिनेमा डा. रमेश कुमार भण्डारी, जीवन अम्गाई, प्रविन पन्दाक, बद्रीप्रसाद प्याकुरेल, कृष्ण बहादुर कार्की, निरञ्जन फुयाँल, दीपक गौतम, केशव बहादुर श्रेष्ठ, गोविन्द प्रसाद दुलाल, छविराज पन्त, रमेश घिमिरे रहेका छन्।

नेप्सेको सीईओ बन्नका लागि अर्थशास्त्र, वाणिज्य शास्त्र, वित्त, लेखा, व्यवस्थापन वा वाणिज्य कानुन विषयमा मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेन्ट वा सो सरहको उपाधि हासिल गरी पुँजी बजार वा उद्योग वा वाणिज्य वा वित्त वा लेखा वा कानुन वा व्यवस्थापन क्षेत्रहरूमध्ये कुनै एक वा एकभन्दा बढी क्षेत्रमा कम्तीमा पाँच वर्षको अनुभव हासिल गरेको योग्यता आवश्यक गर्ने आवेदनमा उल्लेख छ ।

सीईओ पदका लागि आवेदन दिने आवेदक ३० वर्ष पूरा भई ६० वर्ष ननाघेको हुनुपर्ने प्रावधान छ। छनोट समितिले सिफारिस गरे बमोजिम मन्त्रिपरिषद्ले सीईओ छनोट गर्नेछ।

IME Life
kumari