citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

नेप्सेमा सूचीकृत ३ कम्पनीको १ करोड २ लाख कित्ता बोनस सेयर

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सोमबार ३ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेका अनुसार सोल्टी होटल लिमिटेड, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट र मन्दाकिनी हाइड्रोपावरको बोनस सेयर सूचीकतृ भएको हो ।

सोल्टी होटलको १० प्रतिशत तथा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट र मन्दाकिनी हाइड्रोपावरको ५ ५ प्रतिशतका दरले बोनस सूचीकृत भएको नेप्सेले जनाएको छ ।

नेप्सेका अनुसार सोल्टी होटलको ९२ लाख ९० हजार ८९९ कित्ता बोनस सेयर, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ६ लाख ११ हजार ६०५ कित्ता तथा मन्दाकिनी हाइड्रोपावरको ३ लाख ७ हजार ९ सय ८४ कित्ता बोनस सूचीकृत भएको हो । ३ कम्पनीको १ अर्ब २ करोड १० लाख ४८ हजार ९१८ रुपैयाँ बराबरको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।

सोल्टी होटल लिमिटेडको गत पुस ४ गते बसेको साधारण सभाले ३६.८४ प्रतिशत लाभांश पारित गरेको थियो । होटलले १० प्रतिशत बोनस सेयर र कर सहित २६.८४ प्रतिशत नगद गरी कुल ३६.८४ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

साधारण सभा पारित भए बमोजिम कम्पनीको ९२ लाख ९० हजार ८९९ कित्ता बोनस सेयर थपिएको छ । होटलले सभा प्रयोजनार्थ मंसिर १३ गते बुक क्लोज गरेकाले मंसिर १२ गतेसम्म कायम रहेका सेयरधनी मात्र लाभांश पाउने छन् ।

मन्दाकिनी हाइड्रोपावरको ३ लाख ७ हजार ९ सय ८४ कित्ता बोनस सूचीकृत भएको हो । मन्दाकिनी हाइड्रोपावरको मंसिर ७ गते सम्पन्न साधारण सभाले लगानीकर्तालाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले कात्तिक २८ गते बुक क्लोज गरेकाले कात्तिक २७ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउनेछन् ।

gold
himalayan life insurance long ad
kumari bank