stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

रावा इनर्जीको साधारण सभा पुस १६ गते

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको पाचौं वार्षिक साधारण सभा पुस १६ गते बस्दैछ। कम्पनीले साधारण सभाका लागि लाभांश सम्बन्धी कुनै पनि प्रकारको प्रस्ताव समावेश गरेको छैन।

साधारण सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेछ।

त्यस्तै रिक्त रहेको कम्पनीको सञ्चालक पदपूर्तिका लागि निर्वाचन र नियुक्ति गर्ने प्रस्ताव समेत साधारण सभाका लागि निर्धारण गरिएको छ।

साधारण सभा प्रयोजनार्थ यस कम्पनीले पुस २ गते बुक क्लोज गरिसकेको छ। बुक क्लोजको आधारमा पुस १ गतेसम्म कायम शेयरधनीहरू मात्रै साधारण सभामा भाग लिन सक्नेछन्।

साधारण सभा काठमाडौंको पूरानो बानेश्वरस्थित मानसरोवर पार्टी प्यालेसमा अपरान्ह १ बजेदेखि शुरू हुनेछ।

prabhu mahalaxmi
kumari