stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आज पुस ११ गते तीनवटा कम्पनीहरूको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। आज बिहीबार सिद्धार्थ बैंक, सर्वोत्तम सिमेन्ट र हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।

सर्वोत्तम सिमेन्ट र एचआईडीसीएलले पुस १२ गते र सिद्धार्थ बैंकले १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। १२ र १३ गते शुक्रबार र शनिबार परेकाले नेप्से बन्द रहन्छ। यसर्थ पुस ११ गतेसम्म कायम शेयरधनीले मात्रै यी कम्पनीको लाभांश प्राप्त गर्न सक्नेछन्।

सिद्धार्थ बैंक
यस बैंकले चुक्ता पूँजीको ४ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश पारित गर्न पुस २८ गते काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान साढे १० बजेदेखि वार्षिक साधारणसभा बस्दैछ।

सर्वोत्तम सिमेन्ट
यस कम्पनीले चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश(कर समेत) वितरणको प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश पारित गर्न पुस २६ गते रुपन्देहीको भैरवहास्थित होटल भिलासामा बिहान ११ बजेदेखि सभा बस्दैछ।

एचआईडीसीएल
यस कम्पनीले चुक्ता पूँजीको ५.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। घोषित लाभांश पारित गर्न पुस २४ गते काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान १० बजेदेखि सभा बस्दैछ।

prabhu mahalaxmi
kumari bank
kumari