stcnepal long ad
global ime bank long

हुलास फिनसर्भ हायर पर्चेजले आईपीओ निष्कासन गर्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं। हुलास फिनसर्भ हायर पर्चेजले आईपीओ निष्कासन गर्ने प्रक्रिया शुरु गरेको छ । कम्पनीले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्कासनमार्फत २० लाख ७५ हजार कित्ता साधारण शेयर निष्कासन गर्ने भएको हो ।

कम्पनीले सो कार्यका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई नियुक्त गरेको छ । उक्त साधारण शेयर निष्कासन गर्ने सम्बन्धी कार्यको लागि कम्पनीले एनएमबि क्यापिटललाई धित्तोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

आइतबार आयोजित कार्यक्रममा कम्पनीका तर्फबाट अध्यक्ष शेखर गोल्छा तथा एनएमबि क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

नियामक निकायबाट तोेकिएका सम्पूर्ण प्रक्रिया तथा आवश्यकताहरु पूरा गरी यथासम्भव छिटो आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाउने कम्पनीका अध्यक्ष गोल्छाले बताए ।

उक्त कम्पनी नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेको गैर–बैंकिङ्ग वित्तीय कम्पनी हो । उक्त कम्पनीले सन् २०१२ देखि ग्राहकहरुलाई हायर पर्चेज सेवा प्रदान गर्दै आइरहेको छ ।

IME Lifesidebar
kumari