citizens life insurance long ad

इटालीको ‘एयरपोर्ट तथा विदेश मन्त्रालय वेबसाइट’मा साइबर आक्रमण

Nimb long ad
Prabhu Insurance Long Ad

इटालियन प्रहरीले मिलानको एयरपोर्ट तथा विदेश मन्त्रालय लगायत धेरै वेबसाइटहरूलाई लक्षित गरी रुस समर्थक समूहले गरेको साइबर आक्रमणको अनुसन्धान गरिरहेको जनाएको छ ।

राष्ट्रिय साइबर सुरक्षा प्रहरीका प्रवक्ता मार्को भलेरियो सेर्भेलिनीका अनुसार मन्त्रालयका वेबसाइटहरू, मिलान–लिनेट एयरपोर्ट, सिएना तथा टुरिनका यातायात प्रणालीहरू उक्त आक्रमणबाट प्रभावित भएका छन् ।

रुस समर्थक ह्याकर समूहले टेलिग्राम पोस्टमार्फत आक्रमणको जिम्मेवारी लिएको छ । रुसी आक्रामकता विरुद्धको सङ्घर्षमा युक्रेनलाई समर्थन गर्ने नाटो देशहरूमा सार्वजनिक संस्था र रणनीतिक क्षेत्रहरूलाई लक्षित गर्न यो समूह परिचित छ ।

IME Life
kumari