macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

जापानमा क्रेडिट कार्डबाट हुने भुक्तानीमा समस्या

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

जापानमा क्रेडिट कार्डबाट हुने भुक्तानीमा समस्या आएको छ । सुपरमार्केट, सुविधा स्टोर र यातायात केन्द्रहरूमा क्रेडिट कार्ड भुक्तानीमा समस्याहरू देखिएको हो ।

हिजो बेलुकादेखि देशभरका ग्राहकहरूले लोकप्रिय रिटेल आउटलेटहरू, जेआर स्टेशनहरू र अन्य ठाउँहरुमा क्रेडिट कार्डबाट लेनदेन पूरा गर्न समस्या भोगेको गुनासो गरेका क्रेडिट कार्ड कम्पनीले उल्लेख गरेका छन् ।

ती कम्पनीका अनुसार देशको क्रेडिट कार्ड भुक्तान प्रणाली व्यवस्थापन गर्न जिम्मेवार सेवा कम्पनी जापान कार्ड नेटवर्कले सञ्चालन गरेको प्रणालीमा खराबी आएपछि समस्या देखिएको हो ।

यसबाट विभिन्न कम्पनीहरूलाई कारोबारमा समस्या भएको अन्तराष्ट्रिय सञ्चार माध्मयले जनाएका छन् ।

२६ कात्तिक २०८०, आइतवार ०७:२८ बजे प्रकाशित

NTA long ad