आज नेको इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम
काठमाडौं । नेको इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज फागुन ३० गते सोमबार अन्तिम दिन हो । चैत ९ गते साधारण सभा डाकेको कम्पनीले मंगलबार चैत १ गते एक दिन बुक क्लोज गर्दैछ । यसकारण आजसम्म कायम सेयरधनीले लाभांश पाउन र सभामा भाग लिन पाउनेछन् ।
सभा कम्पनीको केन्द्रीय कार्यालय बिमा भवन ज्ञानेश्वर, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
यसले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । सभामा आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान लगायत अन्य प्रतिवेदन पारित गर्ने प्रस्ताव पेश हुनेछ ।
चालु आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ ।




















