stcnepal long ad
global ime bank long

नेशनल लाइफ इन्स्योरेन्सले ३७ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गर्याे

जीवन बीमा कोष १०.५ प्रतिशतले वृद्धि

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीको जीवन बीमा कोष १०.३५ प्रतिशतले वृद्धि भई १ खर्ब ३ अर्ब ७१ करोड ४१ लाख रुपैयाँ पुगेको छ।

जुन अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा ९३ अर्ब ९८ करोड ७७ लाख रुपैयाँ रहेको थियो। यस्तै, समीक्षा अवधिमा कम्पनीको कुल आर्जित बीमा शुल्क १३.८६ प्रतिशतले बढेर २४ अर्ब ८४ करोड ६६ लाख रुपैयाँ तथा खुद आर्जित बीमा शुल्क १२.५१ प्रतिशतले वृद्धि भई २४ अर्ब १५ करोड ८७ लाख रुपैयाँ पुगेको छ।

कम्पनीले अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ४१ करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियाे। कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा १०.२३ प्रतिशतले घटेर ३७ करोड ६ लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको छ।

यसैगरी, कम्पनीको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ६४ पैसा र प्रतिशेयर नेटवर्थ १२७ रुपैयाँ ७५ पैसा कायम भएको छ। यस कम्पनीको चुक्ता पुँजी ४ प्रतिशतले वृद्धि भई ५ अर्ब ६९ करोड १६ लाख रुपैयाँ पुगेको छ ।

महाविपत्ति कोष ५.४२ प्रतिशतले बढेर ७४ करोड ५९ लाख रुपैयाँ पुगेको छ। रिटेण्ड अर्निङ्ग भने ४३.७६ प्रतिशतले घटेर ४८ करोड ९८ लाख रुपैयाँमा सीमित भएको छ।

IME Lifesidebar
kumari