stcnepal long ad
global ime bank long

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको अधिकांश सूचकमा राम्रो प्रगति

जीवन बीमा कोषको आकार ३२.७७ प्रतिशतकाे बृद्वि

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालकाे जीवन बीमा व्यवसायमा उत्कृष्ट बीमा कम्पनीका रूपमा ख्याती आर्जन गरेकाे “प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड”ले गत आर्थिक वर्ष २०८२/८३ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सकाे अधिकांश सूचकमा वृद्धि देखिएको छ ।

कम्पनीको वित्तीय विवरणअनुसार गत आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले ३७ करोड ५५ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ३७ करोड ७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा कम्पनीको नाफा १.३० प्रतिशतले बढेको पाइएकाे छ । देशमा आर्थिक मन्दी भएकाे बेलामा १.३० प्रतिशत बृद्वि हासिल गर्नु पनि सकारात्मक उपलब्धि हाे।

५ अर्ब ३० करोड रुपैयाँ चुक्ता सेयरपूँजी भएको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको गत आर्थिक वर्षमा महाविपत्ति कोषमा १४ करोड ८५ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ४२ करोड ८२ लाख रुपैयाँ र अन्य इक्विटीमा २८ करोड ३७ लाख रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्षमा महाविपत्ति कोषमा ११ करोड ९ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ५२ करोड ४५ लाख रुपैयाँ र अन्य इक्विटीमा ३४ करोड ६१ लाख रुपैयाँ रहेकाे थियो।

गत आर्थिक वर्षमा कम्पनीको जीवन बीमा कोषमा १८ अर्ब ३६ करोड ८१ लाख रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्षमा जीवन बीमा कोषमा १३ अर्ब ८३ करोड ३६ लाख रुपैयाँ थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा कम्पनीको जीवन बीमा कोषको आकार ३२.७७ प्रतिशतले बृद्वि भएको छ।

यसैगरि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षमा ६ अर्ब ४९ करोड ८४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष कम्पनीले ५ अर्ब ३७ करोड ३३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन २०.९३ प्रतिशतले बृद्वि भएको छ।

यस कम्पनीले गत आर्थिक वर्षमा ६ अर्ब २६ करोड ५७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीले ५ अर्ब १७ करोड ९७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा कम्पनीको खुद बीमाशुल्क आर्जन २०.९६ प्रतिशतले बृद्वि भएको छ। गत आर्थिक वर्षमा कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी ७ रुपैयाँ ०८ पैसा रहेको छ । पीई रेसियो ६१.२० गुणा रहेको र कम्पनीको प्रतिशेयर नेटवर्थ ११६ रुपैयाँ ५८ पैसा रहेको छ। (निरज रन्जितबाट)

IME Lifesidebar
kumari