stcnepal long ad
global ime bank long

सानिमा रिलायन्स लाइफको भिजन टु भ्यालू २०८३ मा उत्कृष्ट कर्मचारी सम्मानित

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । कार्यसम्पादन मूल्यांकन, उत्कृष्टलाई सम्मान तथा आगामी वर्षको योजना तर्जुमा गर्ने उद्देश्यले आयोजित सानिमा रिलायन्स भिजन टु भ्यालू २०८३ सम्पन्न भएको छ ।

मूल नारा ‘इम्पावरिङ द पिनाकल फर एलिट रिजल्ट्स’ रहेको थियो । कम्पनी सञ्चालक समितिका अध्यक्ष रतनलाल केडियालगायत सदस्य भरतकुमार तोदीले पानसमा कार्यक्रमको उद्घाटन गरेका थिए ।

प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, नायव प्रमुख कार्यकारी अधिकृत निराजन कँडेल, प्रमुख व्यवसाय अधिकृतहरू, प्रदेश प्रमुख, विभागीय प्रमुखहरू, क्षेत्रीय प्रबन्धकहरू, एरिया म्यानेजर, तथा उत्कृस्ट शाखा प्रबन्धक, मार्केटिङ अफिसरलगायत कस्टमर सर्भिस अफिसरहरूको सहभागितामा पोखरामा कार्यक्रम सम्पन्न गरिएको थियो ।

कार्यक्रममा कम्पनीका अध्यक्ष रतनलाल केडियाले गत आर्थिक वर्षमा बिमा शूल्क संकलनमा प्राप्त सफलताप्रति सबै कर्मचारीलाई धन्यवाद दिएका थिए । उनले उपलब्धिहरूलाई सम्मान गर्दै टीम सहकार्य तथा अन्तरविभागीय समन्वयलाई निरन्तर सफलताको आधारका रूपमा उल्लेख गरे ।

साथै, उनले आगामी वर्षका लागि रणनीतिक योजना प्रस्तुत गर्दै नयाँ उत्पादनमा नवप्रवर्तन, सिएसआर गतिविधि तथा शाखा कार्यालयहरूको मानकीकरणलाई संस्थागत प्रभाव मजबुत बनाउन प्राथमिकता दिने बताए ।

कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले टिमवर्क र उपलब्धिहरूलाई मान्यता दिँदै उत्पादन विविधीकरण तथा बजार बुझाइमा ध्यान केन्द्रित गर्न निर्देशन दिए । उनले कर्पोरेट सुशासन र अनुपालनलाई जोड दिँदै दीगो वृद्धि र हितधारक मूल्य सृजनामा प्रतिबद्धता जनाए ।

IME Lifesidebar
kumari