stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

बीमा दोकान आठौँ वर्षमा प्रवेश

आफ्नो सेवा देशभर नै विस्तार गर्ने अठोट

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । बीमा दोकान आठौँ वर्षमा प्रवेश गरेको छ । आज मिति २०८२ पुस १८ गतेबाट बीमा दोकानले आफ्नो स्थापनाको सातौँ वर्ष सफलतापुर्वक पार गरी आठौँ वर्षमा प्रवेश गरेको हो ।

यस सुखद अवसरमा कम्पनीले सम्पुर्ण ग्राहक बर्गहरु, कर्मचारी तथा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सल्लाह सुझाव दिई सहयोग प्रदान गर्ने सम्पुर्ण महानुभावहरु प्रति हार्दिक आभार प्रकट गरेको छ । कम्पनीले यो सात बर्षको यात्रमा लाखौं नागरिकलाई आफ्नो सेवा उपलब्ध गराई सकेको छ ।

अहिले बीमा दोकानले आफ्नो वेभसाइट लञ्च गरेर आफ्ना ग्राहकवर्गलाई छिटो, छरितो रुपमा सेवा प्रवाह गर्दै आइरहेको छ । बीमा क्षेत्रमा देखिएका कमीकमजोरी तथा समस्याहरुलाई सुधार गर्दै आगामी दिनमा अझै शसक्त भएर अगाडी बढ्ने अठोट समेत बीमा दोकानले लिएको छ ।

कम्पनीले बीमालाई दैनिक किस्ता (EDI) मार्फत गर्दै आइरहेको छ भने उक्त दैनिक किस्ता ई–सेवा र खल्ति लगाएतका पेमेन्ट गेटवे मार्फत सहजिकरण गर्ने गरेकोछ ।

जसले गर्दा थोरै आम्दानी भएका र बीमाबाट बन्चित रहेका मानिसहरु पनि बीमाको दायरामा आउन मद्दत पुगेको विश्वास छ । जुन बीमा क्षेत्रको लागी सकारात्मक कदम पनि हो ।

बीमा दोकानले बीमा क्षेत्रमा फरक तरिकाले आफुलाई प्रस्तुत गरी बीमा जगतमा छुट्टै छाप बनाउन सफल भएको छ ।

कम्पनीले संस्थागत अभिकर्ता अन्तर्गत रही कार्य गर्दै आईरहेको छ । कम्पनीको मुख्य उद्देश्य भनेको बीमाका जानकारीहरुलाई ग्राहकहरु समक्ष सहज र सरल तरिकाले पुर्‍याई बीमाको दायरामा ल्याउनु हो ।

त्यस्तै, सानो सानो आम्दानी भएका व्यक्तिहरुलाई पनि बीमा क्षेत्रमा वा बीमाको पहुँचमा ल्याउनुको साथै, बीमा सरेन्डर  रेसियोलाई  पनि  न्युनिकरण  गर्न बिभिन्न भूमिका निर्वाह गर्ने मुख्य योजना रहेको छ ।

बीमा दोकानले आफ्नो सेवा देशभर नै विस्तार गरी आम नागरिकलाई बीमाको दायरामा ल्याउने साथै, आफ्ना सेवाहरुलाई परिष्कृत गर्दै सरल र सहज ढङ्गबाट अझै उत्कृष्ट सेवा दिने प्रतिबद्धता समेत जाहेर गरेको छ भने हाल सम्म देशभर बीमा दोकानका ६० भन्दा बढि बीमा प्रोमोटर हरू रहेकाछन जुन बढ्दो क्रममा रहेको छ।

बीमालाई गाँस, बाँस र कपासपछिको अत्यावश्यक आवश्यक्ताको रुपमा परिचित गराउने कम्पनीको मिसन रहेको छ भने एक व्यक्ति एक बीमा बमिा पोलिसीको अवधारणा निर्माण गर्ने भिजन रहेको छ ।

prabhu mahalaxmi
kumari bank
kumari