citizens life insurance long ad
stcnepal long ad

शिखर इन्स्योरेन्सको पहिलो त्रैमासिक वित्तीय विवरण प्रकाशित

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। जस अनुसार चालू आवको तीन महीनामा कम्पनीको व्यवसायमा वृद्धि भएको हो।

गत आर्थिक वर्षको असोज मसान्तसम्म २८ करोड २२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले त्यसको तुलनामा चालू आवको सोही अवधिमा ३ प्रतिशतले वृद्धि सहित २९ करोड ७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ।

यद्यपि गत आर्थिक वर्षको तीन महीनामा ११ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको यस कम्पनीको चालू आर्थिक वर्षको तीन महीनामा भने १५ करोड ८५ लाख रुपैयाँ खुद घाटामा रहेको छ।

त्यसैगरी समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ५५ करोड १७ लाख रुपैयाँबाट सामान्य घटेर ५३ करोड ९० लाख रुपैयाँमा सीमित हुँदा कुल खर्च भने ३९ करोड ३८ लाख रुपैयाँबाट ९४.३६ प्रतिशतले बढेर ७६ करोड ५५ लाख रुपैयाँ कुल खर्च भएको छ।

चुक्ता पूँजी २ अर्ब ९२ करोड ३० लाख रुपैयाँ रहेको यस कम्पनीको स्पेशल रिजर्भमा १ अर्ब ९३ करोड ६५ लाख रुपैयाँ, महाविपत्ति कोषमा १६ करोड ३० लाख रुपैयाँ र जगेडा कोषमा ६ करोड ७७ लाख रुपैयाँ सञ्चिति रहेको छ। प्रतिशेयर नेटवर्थ १९२.६३ रुपैयाँ रहेको यस कम्पनीको प्रतिशेयर आम्दानी भने २१.७० रुपैयाँ ऋणात्मक रहेको छ।

गत आर्थिक वर्षको असोज मसान्तसम्म यस कम्पनीको बीमा कोषको आकार ५ अर्ब ८८ करोड ४८ लाख रुपैयाँ रहेकोमा त्यसको तुलनामा चालू आवको असोज मसान्तसम्म ४६ प्रतिशतको वृद्धि सहित ८ अर्ब ५९ करोड १९ लाख रुपैयाँको बीमाकोष कायम भएको छ।

IME Life
kumari