citizens life insurance long ad
stcnepal long ad

नेशनल लाईफ इन्स्योरेन्सको गाला कन्सर्ट भव्य रुपमा सम्पन्न

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स क. लि. ले २०८२ जेष्ठ महिनामा जारी गरेको मासिक योजना अनुरुप उत्कृष्ट कार्य गरी तोकिएको लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुको लागि भैरहवाको होटल सिद्धार्थ भिलासामा नेशनल लाईफ गाला कन्सर्ट सम्पन्न गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा दिप प्रज्वलन गरी समुद्घाटन गर्नुभएको सो कार्यक्रममा विभागिय प्रमुखहरु र विभिन्न शाखाका शाखा प्रमुखहरु गरी करिब ३५० जनाको उपस्थिती रहेको थियो । कार्यक्रममा आमन्त्रित अभिकर्ताहरुलाई स्ट्रेस म्यानेजमेण्ट सम्वन्धि प्रशिक्षण समेत प्रदान गरिएको थियो ।

प्रशिक्षणका क्रममा चर्चित प्रशिक्षक रामहरी पौडेलले तनाव व्यवस्थापन गर्ने विभिन्न आयामहरु प्रस्तुत गर्नु भएको थियो भने सो पश्चात् मनोरञ्जनात्मक एवं सांगितिक प्रस्तुतीले भरिपूर्ण गाला कन्सर्टमा स्ट्याण्ड अप कमेडीयन सुमन कोईरालाको कमेडी प्रस्तुती सहित नेपालका चर्चित कलाकारहरु प्रकाश सपुत, समिक्षा अधिकारी बावुल गिरी र भोजपुरी गायक सोनु कुमार मण्डलको बेजोड सांगितिक प्रस्तुती रहेको थियो । यसै गरी चर्चित डि.जे. डिजे अमुको प्रस्तुतीमा अभिकर्ताहरुले भरपुर मनोरञ्जन लिएका थिए ।

भव्य रुपमा आयोजना गरिएको उक्त गाला कन्सर्टमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले अभिकर्ताहरुको माग तथा चाहानालाई मध्येनजर गर्दै गत साल भव्य रुपमा सफल भएको गाला कन्र्सटलाइ निरन्तरता दिएको र यस योजनालाई देशै भरीका अभिकर्ताहरुको उत्साहजनक उपस्थितीले कार्यक्रम भव्य रुपमा सम्पन्न भएको पनि बताउनु भयो ।

 

IME Life
kumari