stcnepal long ad
ime life insurance
national life
global ime bank long

प्रभु इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने (साउन १ गते)बिहीबार अन्तिम दिन हो । साउन २३ गते वार्षिक साधारण सभा बोलाएको कम्पनीले साउन २ गते बुक क्लोज गर्दैछ । तसर्थ, (साउन १ गते) कायम सेयरधनीले मात्र कम्पनीले वितरण गर्ने लाभांश सुरक्षित गर्न सक्नेछन् ।

इन्स्योरेन्स कम्पनीले गत वर्षको नाफाबाट १८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०९४७४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभामा पेश गर्दैछ ।

यसका साथै, उक्त बोनस सेयरपछि कायम हुने चुक्ता पुँजीमा ४७ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पेश गर्नेछ ।

इन्स्योरेन्स कम्पनीले यसअघि ५०.१५ प्रतिशत हकप्रद सेयर जारी गर्ने जनाएको थियो । तर बोनस सेयरपछि पुँजी वृद्धि हुने भएकाले उक्त हकप्रद सेयर अनुपात संशोधन गरी ४७ प्रतिशतमा झारिएको जानकारी गराएको छ ।

साधारण सभा प्रभु इन्स्योरेन्स लिमिटेड, प्रभु कम्प्लेक्स तिनकुने, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

IME Lifesidebar
prabhu mahalaxmi
kumari