stcnepal long ad
global ime bank long

प्रभु इन्स्योरेन्सको साधारण सभा साउन २३ गते

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले आफ्नो २९औं वार्षिक साधारण सभा साउन २३ गते गर्ने भएको छ ।  साधारण सभा  काठमाडौंको तीनकुनेस्थित प्रभु कम्प्लेक्समा बिहान ११ बजे बोलाएको छ । इन्स्योरेन्स कम्पनीको असार २४ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तय गरेको हो ।

इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १८ प्रतिशत बोनस शेयर र ०.९४७४ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने निर्णय गरेको हो। सभाले सो प्रस्ताव अनुमोदन गर्नेछ ।

साधारण सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेपरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८१ साल आषाढ मसान्तको वासलात तथा आर्थिक वर्ष २०८०र०८१ को नाफा नोक्सान हिसाव एवं सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब, ईक्विटीमा भएको परिवर्तन लगाएत वार्षिक आर्थिक विवरणसँग सम्बद्ध वित्तीय विबरण सहितका अनुसूचीहरु पारित गर्नेछ ।

साधारण सभाले २०८१र०८२ को लागि लेखापरीक्षकको नियुक्ति तथा पारीश्रमिक निर्धारण गर्ने, बोनश शेयर वितरण गर्दा कायम हुन आउने दशमलव पछिको अंकलाई सम्बन्धित शेयरधनीको नाममा पछि समायोजन गर्ने गरि यथावत राख्ने, कम्पनीको २८ औं वार्षिक साधारण सभाबाट ५०.१५ प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय भएकोमा आर्थिक वर्ष २०८०र०८१ सम्मको वितरणयोग्य मुनाफाबाट १८ प्रतिशत बोनश शेयर बितरण गर्ने प्रस्ताव भए अनुसार कम्पनीको चुक्ता पुँजी वृद्धि हुने भएकोले ५०.१५ प्रतिशत हकप्रद शेयरलाई संशोधन गरि प्रस्तावित बोनश शेयर वितरण पश्चात कायम हुने चुक्ता पूँजीको ४७ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभाले हकप्रद शेयर पारित गर्दा भिन्न अंकमा आउने शेयरलाई संस्थापक शेयर र सर्वसाधारण शेयरको अनुपात कायमै राखी नजिकको पुरा अंक कायम गर्ने, कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, संशोधित प्रबन्ध पत्र तथा नियमावली अभिलेख वा स्वीकृत गर्ने निकायबाट कुनै संशोधन वा फेरबदल गर्न निर्देशन प्राप्त भएमा सो अनुसार संशोधन वा फेरबदल गरि कार्यान्वयन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने लगायतका विविध प्रस्ताव पारित गर्नेछ ।

IME Lifesidebar
kumari