stcnepal long ad
ime life insurance
global ime bank long

सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद हकप्रद सेयरमा जेठ १९ गतेसम्म आवेदन दिन पाइने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले वैशाख ३० गतेदेखि २७ प्रतिशत हकप्रद सेयर खुला गरिरहेको छ । कम्पनीले १ः०.२७ अनुपातमा १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर बिक्रीमा ल्यएको हो । यो हकप्रद सेयरमा जेठ १९ गतेसम्म आवेदन दिन पाइने समय निर्धारण गरिएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको हकप्रद सेयर जारी गरेको हो । यसले हकप्रद सेयर बिक्री प्रयोजनका लागि वैशाख ५ गते बुक क्लोज गरेको थियो । तसर्थ, वैशाख ४ गतेसम्म कायम रहेका सेयरधनीले मात्र यस हकप्रद सेयर भर्न पाउने छन् ।

सन नेपालको हकप्रद सेयरमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङले बिक्री प्रबन्धकको काम गरेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै सन नेपाल लाइफका केन्द्रीय तथा क्षेत्रीय कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

हाल यस कम्पनीको चुक्ता पुँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यसको चुक्ता पुँजी ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँ पुग्नेछ ।

prabhu mahalaxmi
kumari