citizens life insurance long ad
stcnepal long ad

एशियन लाइफ इन्स्योरेन्सको नयाँ बोनश दर घोषणा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । जीवन बीमा कम्पनी एशियन लाइफ इन्स्योरेन्सले नयाँ बोनश दर घोषणा गरेको छ। मुनाफामा सरिक हुने गरी जारी गरिएका बीमालेखको हकमा इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ को आर्थिक स्थितिको लेखाजोखाको आधारमा नयाँ स्वीकृत बोनश दर घोषणा गरेको हो।

इन्स्योरेन्सका अनुसार सावधिक तथा आजीवन बीमालेखको बीमालेखधारक९पोलिसीहोल्डर० ले प्रति हजार बीमाङ्कमा ६१ देखि ७५ रूपैयाँसम्म बोनश प्राप्त गर्नेछन्।

बीमितले आफू जीवित रहँदा पनि र बीमितको निधनपछि पनि बीमाङ्क बराबरको रकम भुक्तानी दिइने (दुई पटक भुक्तानी हुने) यो बीमालेखमा एशियन लाइफको बीमितले सबैभन्दा बढी बोनश रकम प्राप्त गर्दै आएका छन् ।

यसैगरी सावधिक प्रकृतीको बीमालेखमा ४५ देखि ६२ रूपैयाँ बोनश दर तय गरिएको छ। बालबालिकाको सावधिक जीवन बीमालेखको हकमा दुई खाले बोनश दर घोषणा गरेको छ।

हाल प्रचलनमा नरहेको बाल उच्च शिक्षा बीमालेखको लागि ४२ देखि ५० रूपैयाँ र बालबालिका सम्बन्धि अन्य पुराना र नयाँ बीमालेखको हकमा ४२ देखि ५२ रूपैयाँ बोनश दर निर्धारण गरेको छ।

IME Life
kumari