stcnepal long ad
ime life insurance
national life
global ime bank long

क्रेस्ट माइक्रो लाइफको वार्षिक जेठ २३ गते साधारणसभा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले आफ्नो दोस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ।कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले आउँदो जेठ २३ गते साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो।

साधारण सभाले गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गर्नेछ। लेखापरीक्षकको प्रतिवेदन पनि सभाले अनुमोदन गर्नेछ।

साधारण सभाले चालु आर्थिक वर्ष २०८१/८२ का लागि बाह्य लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिकसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ।

साधारण सभाले सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको नियुक्ति (निर्वाचन) गर्नेछ।

वार्षिक साधारण सभा प्रयोजनार्थ कम्पनीले जेठ ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ जेठ ८ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको साधारणसभामा भाग लिन योग्य हुनेछन्।

साधारण सभा सुर्खेतको वीरेन्द्रनगर–६ स्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ।

IME Lifesidebar
kumari