citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

आइएमई लाइफमा इन्द्रराज सुवेदीलाई प्रमुख बजार अधिकृतको जिम्मेवारी

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । जीवन बीमक, आइएमई लाइफ इन्स्योरेन्सले इन्द्रराज सुवेदीलाई प्रमुख बजार अधिकृतको जिम्मेवारी दिएको छ। सुवेदी करिब डेढ महिना अघि हिमालयन लाइफ इन्स्योरेन्सबाट राजीनामा दिएर आइएमई लाइफ इन्स्योरेन्स प्रवेश गरेका थिए ।

आइएमई लाइफ इन्स्योरेन्समा उनी हालै मात्र प्रवेश गरेपनि आइएमई समूह मुख्य प्रवर्द्धक रहेको वाणिज्य बैंक, ग्लोबल आइएमई बैंकमा उनले शाखा प्रबन्धक र भारतस्थित सम्पर्क कार्यालय प्रमुखको जिम्मेवारीमा रहेर काम गरि सकेका छन् ।

सुवेदी यसअघि हिमालयन लाइफको मधेश प्रदेश प्रमुखको जिम्मेवारीमा रहेका थिए । साबिक यूनियन लाइफ इन्स्योरेन्सको स्थापनाकाल देखि आबद्ध सुवेदी प्राइम, गुराँस र यूनियन लाइफको मर्जरपछि जन्मिएको हिमालयन लाइफ इन्स्योरेन्समा मधेश प्रदेश प्रमुखको जिम्मेवारी पाएका हुन् ।

करिब ७ वर्षसम्म जीवन बीमा व्यवसायमा काम गर्नु अघि उनी बैंकरका रूपमा कार्यरत थिए । उनको बैंक तथा वित्तीय क्षेत्रको पेशागत यात्रा सिद्धार्थ बैंकबाट शुरू भएको हो ।

अध्ययन अध्यापनमा समेत रूची राख्ने सुवेदीले हाल भारतीय विश्वविद्यालयबाट जीवन बीमा विषयमा विद्यावारिधिका लागि शोध समेत गरिरहेका छन् ।

gold
himalayan life insurance long ad